समुदाय प्रहरी साझेदारी तथा ट्राफिक जनचेतना कार्यक्रम सम्पन्न

Logo
चन्दन कुमार राैनियार / सुनसरी प्रकाशित आइतबार, जेठ ०५, २०८२

दुहबी / दुर्घटना न्यूनिकरणको लागि  नेपाल  प्रहरी साझेदारी कार्यक्रम मार्फत ईलाका प्रहरी कार्यालय दुहबी र ट्राफिक प्रहरी  पोस्ट दुहबी सक्रिय  भएको छ ।

ट्राफिक चेतनाको अभावमा सडक दुर्घटना बढिरहेको तथ्यांक आइरहेको बेला दुहबी प्रहरी दुहबी ट्रफिक प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम मार्फत संयुक्तरूपमा आफ्नो  सक्रियता देखाएको हो ।

दुहबी इनरुवा सड्क खण्डमा पर्ने डागा चौकमा
साथै कोशी राजमार्ग अन्तरगत सुनसरीको दुहबी सड्क खण्डमा गुड्ने सिटी सफारीहरुको चालकहरुलाई दुर्घटना न्युनिकरण सम्बन्धि तथा सचेतनामुलक कार्यक्रम,
सवारी चालक तथा पैदल यात्रीलाई लक्षित गर्दै दुर्घटना न्यूनीकरण सम्बन्धि सचेतना कार्यक्रम गरेको छ ।

ट्राफिक चेकिङको महत्त्व सम्बन्धि सचेतना दिनुका साथै चालक, सहचालक साथै सर्वसाधरण पैदलयात्री तथा सवारी चालकलाई ट्राफिक शिक्षा प्रदान गरेको थियो ।
ट्राफिक प्रहरीले संचालन गरेको उक्त ट्राफिक सचेतना कार्यक्रमले ट्राफिक व्यवस्थापनमा सहज हुने तथा दूर्घट्नामा कमि ल्याउने दुहबी ट्राफिकका साहयक प्रहरी निरिक्षक सई श्यामसुन्दर पोखरेलले बताए ।

सुनसरीको दुहबी नगरपालिका वडाहरुमा साथै ईलाका प्रहरी दुहबीका मातहतका पालिका दुहबी ,गढि गाउँ पालिका बर्जु गाउँ पालिका ,चौक बजार, र बिधालयमा नेपाल  प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।

हर प्रहर,गाउँ र नगरी टोलटोलमा नेपाल प्रहरी समुदाय प्रहरी साझेदारी शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि सवारी दुर्घटना न्यूनीकरणका लागि इलाका प्रहरी कार्यालय दुहबीले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत दुहबी ट्राफिक  कार्यालय संग समन्वय गरि ट्राफिक नियम पालना गरी यात्रुहरुलाई जनचेतनामूलक पर्चा पम्पलेट वितरण , पैदल यात्री , निजी तथा सामुदायिक बिधालयहरुमा अभियान  सुरु गरिएको छ। तपाईंको सुरक्षा हाम्रो सरोकार’ अभियान अन्तर्गत  मोटरसाइकल/ स्कुटर प्रयोगकर्ताहरुलाई सवारी दुर्घटनाका कारणहरु र मोटरसाइकल स्कुटर चलाउदा ध्यान दिनु पर्ने कुराहरु बारेमा जानकारी गराइएको इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]