गौतम बुद्धको २५६९ औं जन्म जयन्ती यूएईमा मनाए

Logo
ग्रामीण सहकर्मी / माेरङ्ग प्रकाशित बुधबार, जेठ ०७, २०८२

विराटनगर / भगवान गौतम बुद्धको २५६९ औं जन्म जयन्ती गत १८ मे आइतवारका दिन युएईमा विशेष पूजापाठ र प्रवचन गरि सम्पन्न गरिएको हाे । आदिवासी जनजाति महासंघ युएईमा आबद्ध १२ वटै जातिय संघ संस्थाहरु उल्लेख्य मात्रामा सहभागी भै भव्य र सभ्य रुपमा सम्पन्न भएको महासंघका अध्यक्ष बिक्रम लिम्बुले फाेन सम्पर्क गरी जानकारी गराएका छन् ।
अध्यक्ष लिम्बुको सभाध्यक्ष, प्रमुख अतिथिमा नेपाली राजदुतावास युएई कि उप प्रमुख मिशन रन्जीता दाहाल अन्य कर्मचारी हरु , विशेष अतिथि हरु मा एन आर एन ए एन सिसि युएईका अध्यक्ष विकास शाही, नेपाली समाज युएईका उपाध्यक्ष केदार कुँवर, राजबंशी समाज विकास समिति यूएईका संयोजक कविराज राजवंशी, अध्यक्ष डम्बर बहादुर राजवंशी (अर्जुन) उपाध्यक्ष पुनम राजवंशी, वरिष्ट सल्लाकर जय नाायण राजवंशी, मेनुका राजवंशी, सविन राजवंशी लगायत वैचारिक राजनितिक भातृ संगठन का प्रमुख हरु को उपस्थिति रहेको थियो।

धर्मगुरु खेम्पो लामा गुरुले धार्मिक अनुष्ठा र पूजापाठ गरे सँगै उपस्थित अतिथि र पाहुना हरु लाई कार्यक्रम संयोजक हरी मोक्तानले सबैलाई स्वागत गर्दै स्वागत मन्तव्य राखेका थिए। नेपाली दुतावास ले आदिवासी जनजाति हरु लाई दोस्रो दर्जाको रुपमा हेर्ने गरेको भन्दै सभाध्यक्ष बिक्रम लिम्बुले दुतावासका प्रतिनिधि समक्ष ध्यानाकर्ष्ण गराएका छन् ।

दोस्रो चरण को कार्यक्रम अन्तर्गत धर्म गुरु खेम्पोले एक घण्टा भन्दा बढि भगवान् गौतम बुद्ध र बुद्धत्व सम्बन्धी प्रवचन दिनुभएको थियो। प्रवचन सके लगत्तै उपस्थित सबैले लामबद्ध भएर खेम्पो गुरु बाट ( वाङ ) अभिषेख ग्रहण गरेका थिए। धार्मिक सांस्कृतिक कार्यक्रम अन्तर्गत स्थानिय कलाकार हरुले अध्यात्मिक प्रस्तुति हरु पस्केका थिए भन्ने औपचारिक कार्यक्रम महासचिव डिके किराँती राईले संचालन गरेका थिए । अनौपचारिक कार्यक्रम बुद्ध लामा र शिला राना मगरले गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]