राजाजी स्कुलको पुरस्कार बितरण कार्यक्रम सम्पन्न

Logo
चन्दन कुमार राैनियार / सुनसरी प्रकाशित बिहिबार, जेठ १६, २०८२

दुहबी / सुनसरीको गढि गाउँ पालिका वडा नम्बर ३ स्थिति रहेको राजाजी इग्लिश बोर्डिङ  स्कुलमा गणतन्त्र दिवसको अवसर पारेर   वार्षिक पुरस्कार वितरण समारोह  सहित विद्यार्थीको प्रतिभा प्रदर्शन नयाँ भर्ना भएको बिधार्थिहरु स्वागत सहितको कार्यक्रम सम्पन्न भएको छ ।

स्कुल प्राङ्गणमा अभिभावकको बाक्लो उपस्थितिमा सम्पन्न कार्यक्रममा विद्यार्थीले कल्चरल फेसन शोदेखि अन्य प्रतिभा पस्किएका छन् । स्कुलको वार्षिक पुरस्कार वितरण समारोह तथा समान कार्यक्रम  आयोजना भएको हो । कार्यक्रममा स्कुल मा भएको स्पोर्ट्स मिट विभिन्न खेलकुदमा  उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।साथै बिधालयमा उत्कृष्ट क्रियाकलापगरने  खेल प्रतियोगितामा स्कुुल बाट सहभागी भई बिजेता उपविजेता जित्न सफल  रहेको  स्कुलले ट्रफि प्रमाणपत्र मेडल सहित समान समेत गरेका थिए।  तेसेगरि बिधालय बाट सरुवा भई जाने शिक्षक बिकाश मण्डललाई कार्यक्रम सभापति सहित प्रमुख अतिथि अतिथिहरुले सरुभईजाने शिक्षकलाई प्रमाणपत्र सहित मायाको चिनो दिई समान समान समेत गरेका थिए।

कार्यक्रमका प्रमुख  अतिथि जिल्ला प्याब्सन सुनसरीको बरिस्ठ उपाध्यक्ष रमेश कार्की , बिष्टअतिथि जिल्ला प्याब्सन सुनसरीको कोषाध्यक्ष ग‍ोपाल निरौला ,अतिथिहरुमा भुपनरायण भगत ,गढि वडा नम्बर ४ का पुर्व वडा अध्यक्ष रामचन्द्र महतो,बबिता दास ,श्रवण यादब,बिष्णु गेलाल लगायतले पुरस्कार प्रदान गरेका थिए । पुरस्कार बितरण कार्यक्रममा
स्थानीय समाजसेवी बुद्धिजीवी , संचारकर्मी,
अभिभावक , शिक्षक/शिक्षिका बिधार्थिहरुको ब्यापक उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले सन्देशमूलक नाटक, नृत्य, फेसन शो प्रस्तुत गरेका थिए ।विद्यालयका पिन्सिपल राजाराम महेताको  अध्यक्षतामा र सुनसरी प्याब्सनको बरिस्ठ उपाध्यक्ष रमेश कार्कीको प्रमुखअातिथ्यमा भएको थियोे भने कार्यक्रम संचालन शिक्षक राज खेशाङले गरेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]