

इनरुवा/ सुनसरीको सदरमुकाम इनरुवाको सखुवागाछीमा रहेको ट्राफिक प्रहरी कार्यालयले इनरुवा बजार एरिया इलाकाको बिभिन्न ठाउँहरुमा अाफ्नो सकृयता बढाएको छ । इनरुवामा एकदमै ट्राफिक जाम संगै दुर्घटना हुने भएकोले गर्दा इनरुवा ट्राफिक पोस्टले हरेक गतिविधिमा जनचेतनामूलक कार्यक्रम लगायतका कार्यक्रमहरु गरदै अाएका छन ।
जस्तै बजार एरियाका बिभिन्न ठाउँमा ट्राफिक जनचेतनामूलक हुडिङ बोर्ड ,अबेबस्थित पार्किङ गरेको सवारीसाधनहरु लाई हुइललंक लगाउने सामुदायिक बिधालय तथा निजि बिधालयहरुमा गएर ट्राफिक जनचेतनामूलक सन्देश तथा बिधार्थीहरुलाई जेब्राक्रसिङ बिषयमा क्लास लिने गरेको छ।
ट्राफिक प्रहरी इनरुवाले तीन पाग्रै दुई पाग्रै सवारी चालक तथा पैदल यात्रीलाई लक्षित गर्दै दुर्घटना न्यूनीकरण सम्बन्धि सचेतना कार्यक्रम सुनसरी खोलावारी ,झापालिटोल र इनरुवा दुहबी सड्क खण्डमा जनचेतनामूलक सचेतना कार्यक्रम गरेको छ ।
“हर पहर गाउँ र नगरी, गाउँ गाउँमा ट्राफिक प्रहरी” मूल नाराका साथ महेन्द्र राजमार्ग इनरुवा बजार इनरुवा दुहबी सड्क खण्ड गुड्ने सिटी सफारी,अटो ट्याक्टरलगायत चालकहरुलाई दुर्घटना न्युनिकरण सम्बन्धि तथा सचेतनामुलक कार्यक्रम, ट्राफिक चेकिङको महत्त्व सम्बन्धि सचेतना दिनुका साथै चालक, सहचालक साथै सर्वसाधरण पैदलयात्री तथा सवारी चालकलाई ट्राफिक शिक्षा प्रदान गरेको थियो ।
ट्राफिक प्रहरीले संचालन गरेको उक्त ट्राफिक सचेतना कार्यक्रमले ट्राफिक व्यवस्थापनमा सहज हुने तथा दूर्घट्नामा कमि ल्याउने इनरुवा ट्राफिकका प्र.ना.नी सुरेन्द्र खड्काले बताए ।