

विराटनगर / नेपाल औषधी व्यवसायी संघ, ५२ औं स्थापना दिवस मनाउने तयारीबारे विराटनगरमा पत्रकार सम्मेलन गरिएको छ । प्रत्येक वर्ष झैं यस वर्ष पनि संघको स्थापना दिवस असार १० गते मनाउने तयारी भइरहेको छ । मोरङ शाखाद्वारा सप्ताहव्यापी कार्यक्रमको आयोजना गरी भव्य रूपमा मनाइने तयारी गरेकाे छ। संघको मोरङ शाखाद्वारा आयोजना हुने कार्यक्रम असार ४ गतेदेखि १० गतेसम्म सञ्चालन हुनेछ ।
जस अनुसार कोशी अस्पताल, बाल विभाग तथा कुपोषण शाखामा बुधबार फलफूल वितरण, हिमालय दर्शन कलेज, विराटनगरमा विहीवार लागुऔषध र मनोदीपक औषधी सम्बन्धी जनचेतनामूलक कार्यक्रम, जिल्ला ट्राफिक प्रहरी कार्यालय मारंगमा शुक्रबार लागुपदार्थ परीक्षण किट हस्तान्तरण गर्ने भएकाेछ ।त्यसैगरी विराटेश्वर वृद्धाश्रम, विराटनगर-८ मा शनिबार स्वास्थ्य सामग्री हस्तान्तरण, संघको भवन, विराटनगरमा आईतवार वरिष्ठ औषधी व्यवसायी तथा सामाजिक योगदानकर्ताहरूको सम्मान, हस्पिटल चोक, विराटनगरमा साेमबार रक्तदान कार्यक्रम असार १० गते, मंगलबार प्रभातफेरी (हस्पिटल चोकदेखि संघको भवनसम्म), झण्डोत्तोलन कार्यक्रम र औपचारिक समापन समारोह हुनेछ ।
सप्ताहव्यापी कार्यक्रममार्फत औषधी व्यवसाय क्षेत्रको सामाजिक उत्तरदायित्वलाई थप मजबुत पार्दै, समाजप्रति योगदान पुर्याउने लक्ष्य लिइएको छ। सप्ताह व्यापी कार्यक्रममा करिब १ लाख २५ हजार खर्च हुने नेपाल आैषधी व्यवसायी संघ माेरंग अध्यक्ष देशबन्धु ढकालले वताए ।