

कटहरी / माेरङकाे कटहरी गाउँपालिका वडा नम्बर -३ का कप्लेश्वर राजवंशी कास्य पदक जितेको छन् भन्ने माेरङकै रतुवामाई नगरपालिका ( कल्याणपुर ) की सुनिता हस्दाले उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक जितेकी छिन् ।
वीरगञ्जमा सम्पन्न अन्तर प्रदेश राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा मोरङकै दुई जनाले स्वर्ण पदक र कास्य पदक जितेका छन् ।
मधेश प्रदेश सरकार, खेलकुद तथा समाजकल्याण मन्त्रालयको आयोजनामा तथा नेपाल भारोत्तोलन संघ तदर्थ समिति, वीरगञ्ज पर्साको सहकार्यमा वीरगञ्जमा आयोजित असार १५ देखि १७ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा मोरङका दुई खेलाडीले पदक प्राप्त गरेका हुन् । देशभरका सातवटै प्रदेशका खेलाडीहरूले विभिन्न तौल समूहमा प्रतिस्पर्धा गरेका थिए । उक्त प्रतियोगितामा ६९ केजी तौल समूहमा मोरङ रतुवामाईकी सुनिता हस्दाले स्वर्ण पदक र ८८ केजी तौल समूहमै मोरङका कपलेश्वर राजवंशीले कास्य पदक प्राप्त गरेका हुन् ।
कोशी प्रदेशका तर्फबाट ४८ केजी तौल समूहमा झापाकी सोनी दासले रजत पदक जितिन् । ५३ केजी तौल समूहमा झापाकै करिना चौधरीले उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक प्राप्त गरिन् । भन्ने ८८ केजी तौल समूहमा झापाका प्रसिद्ध राजलवटले पनि स्वर्ण पदक प्राप्त गरे । ९२ केजी तौल समूहमा उदयपुरकी कान्ता भुजेलले कास्य पदक जित्दै प्रदेशको सफलतालाई थप बलियो बनाएकी हुन् । माेरङका भारोत्तोलन सङका अध्यक्ष चिनकाजि थापामगरले बताए ।