सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) को २९औं वार्षिक उत्सव

Logo
ग्रामीण सहकर्मी / माेरङ्ग प्रकाशित शुक्रबार, साउन ०२, २०८२

विराटनगर / आज शुक्रबार का दिन सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले आफ्नो २९औं वार्षिक उत्सव मनाएको छ।
कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा पाँच अर्ब बीमा प्रिमियम संकलन गर्दै २९ औं वर्ष पूरा गरी ३० औं वर्षमा प्रवेश गरेको छ।

उक्त अवसरमा सलिको कोशी प्रदेशका कर्मचारीहरूद्वारा विराटनगर–५ स्थित मानव सेवा आश्रममा बिहान १० बजे भोजन कार्यक्रमको आयोजना गरिएको थियो।
कार्यक्रममा आश्रममा बसोबास गरिरहेका ६७ जना आश्रितहरूलाई खाना खुवाइएको थियो।

कार्यक्रममा कम्पनीका कोशी प्रदेश प्रमुख नारायण गौत्तम लगायत अन्य कर्मचारीहरूको उल्लेखनीय उपस्थितिसहित उत्सव सम्पन्न भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]