दोस्रो पथरीशनिश्चरे गोल्डकप कार्तिक १५ बाट सुरु हुने

Logo
भोजराज घिमिरे प्रकाशित शुक्रबार, साउन १६, २०८२

दोस्रो पथरीशनिश्चरे गोल्डकप कार्तिक १५ बाट सुरु हुने

पथरी शनिश्चरे, साउन १५ – मोरङको पथरीशनिश्चरेमा आयोजना हुने अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो पथरीशनिश्चरे फुटबल गोल्डकप प्रतियोगिता आगामी कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने भएको छ।

पथरी–११ फुटबल क्लबले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता सम्बन्धी जानकारी दिएको हो। क्लबका अध्यक्ष सुमन विकका अनुसार प्रतियोगिताको पहिलो स्थान प्राप्त गर्ने टिमले ५ लाख रुपैयाँ, दोस्रो हुने टिमले २ लाख ५० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

प्रतियोगितामा पहिलो गोल्डकपमा सहभागी भएका टिमहरूलाई प्राथमिकता दिइने आयोजकले जनाएको छ। कार्यक्रम सम्पन्न गर्न ६० लाख रुपैयाँको लागत अनुमान गरिएको अध्यक्ष विकले बताए।

पत्रकार सम्मेलनमा पथरीशनिश्चरे नगर खेलकुद विकास समितिका अध्यक्ष दीपक राई, समाजसेवी प्रदीपकुमार राई, खेल संयोजक जितेन राई, कोषाध्यक्ष अम्बिका लिम्बू, फुटबल टिमका कोच अर्जुन बस्नेत, खेलप्रेमी भिष्म न्यौपाने लगायतको उपस्थिति रहेको थियो। कार्यक्रम क्लबका सचिव केशर राईले सञ्चालन गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी
समाचार संयोजक : राजेश कुमार राजवंशी
व्यवस्थापक : मोहन कुमार राजवंशी
सहकर्मी : चन्दन कुमार रौनियार ( सुनसरी )
सहकर्मी : जनक राजवंशी ( झापा )
सहकर्मी : स्याम माझी क्यामेरा मेन ( विराटनगर )
सहकर्मी : कमला चौधरी ( सुनसरी )
सहकर्मी : सुमन राजवंशी ( विराटनगर )
ग्राफिक्स डिजाइनर : निलेश शर्मा ( विराटनगर )
वेबसाइट आई टि : भबेश मण्डल ( विराटनगर )
सल्लाहाकार : रामसुन्दर राजवंशी
सल्लाहाकार : स्यामसुन्दर सुतिहार
सल्लाहकार : भोजराज घिमिरे

हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]