कटहरीको ग्रीण टायरको धुलो धुँवाले वातावरण अस्वास्थ्य बन्दै

Logo
संजय कुमार राजवंशी प्रकाशित शुक्रबार, साउन १६, २०८२

कटहरी / मोरङ्गको कटहरी गाउँपालिका वडा नम्बर ४ स्थीत रहेको ग्रीन टायर कम्पनी लिमिटेडवाट निसकेको कालो प्रकृतिको धुलो, धुवाँ र रवरजन्य पर्दाथ स्थानीयको स्वास्थ्यमा गम्भीर समस्या देखिएकाले कटहरी गाउँपालिका न्यायीक समितिमा एक सया नौ जना स्थानिय हस्ताक्षर गरि सामुहिकरुपमा पालिकामा निवेदन दर्ता गराएका छन् ।

उक्त निवेदनमा वातावरण प्रदुषण हटाई मानव जिवन र कृषिको रक्षा गरि पाउँ भनि कटहरी गाउँपालिकाको न्यायिक समितिलाई निवेदन दर्ता गराएका छन् । वातावरणको जैविक सुरक्षा पालिकाको वातावरण तथा प्राकृतिक श्रोतको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७६, मा समेत उल्लेख भए वमोजिम व्यवस्था न्यायीका लागी पेश गरिएको एक सदस्य सान्ता नेपालले बताएका छन् । ग्रामीण पत्रिका डटकमले उक्त कम्पनीसंग यस विषयमा सोदपुछ गर्न खोज्दा सम्बन्धित व्यक्ति सम्पर्कमा नआउन सकेको छ ।

उक्त निवेदनमा, कटहरि गाउँपालिका वार्ड नं १ को उत्तरमा झंग्राहि पुर्वमा वडा नं ४ को खयरवना, चम्म्राहि टोल पश्चिममा शाखा नहर र दक्षिणमा कटहरि चोक उत्तरमा रहेका श्रृजना टोल (पहाडे टोल), झंग्राहि, ब्रम्हथान, जिरात टोल क्षेत्रमा वर्षों देखि स्थायि रूपमा बसोबास गरि कृषि पेशामा आवद्ध रहि आ–आफ्नो पेशा व्यवसाय गरि आएका छौं । यसै क्रममा बिगत समय देखि यसै क्षेत्रको ब्रम्हथान देखि करिव १५० मिटर उत्तर पुर्व वडा नं. १ र ४ को सिमाना को खोल्सि संगै वडा नं. ४ तर्फ ग्रिन टायर लिमिटेड नामक कम्पनि स्थापित छ । उक्त कम्पनि सञ्चालन प्रशोधनका क्रमममा उत्पन्न हुने र साँझ देखि राति ११, १२ वजेसम्म खुला रूपमा आगो लगाउनाले कम्पनिबाट निस्कने कडा प्रकृतिको डढेको रबरजन्य धुंवाले वातावरण अत्याधिक प्रदुषित गराइ दुर्गन्धित हावाका कारण मानव स्वास्थ्यमा प्रतिकुल असर हुनुका साथै बालिनालि पशु चौपाया घांस वोटविरुवा लगायतमा समेत उक्त धुवांका कणहरू टांसिनाले दुषित आहारा प्रयोग गर्न अभिशप्त छौं जसले प्राकृतिक जैविक विविधतामा समेत गम्भिर असर भैरहेको हामि स्थानियको ठहर छ । जसका कारण मानव स्वास्थ्यमा श्वाश प्रश्वाश, आँखा नाक पोल्ने छाला चिलाउने जस्ता समस्याहरू भैरहेको छ भने वालिनालि र पशुपंक्षि वाट उचित रूपमा उत्पादन नहुने जस्ता समस्या भोग्नु परिरहेको छ अत ः सम्वन्धित कम्पनिवाट उत्सर्जन हुने धुवाँ, धुलो र दुर्गन्ध सहितको वातावरण प्रदुषणलाइ रोकि स्वच्छ वातावरण निर्माण गरि नागरिकको स्वस्थ बातावरण उपभोग गरि बाँच्न पाउने अधिकार र वातावरणको जैविक सुरक्षा जुन यस पालिकाको वातावरण तथा प्राकृतिक श्रोतको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७६, मा समेत उल्लेख भए वमोजिम व्यवस्था गरि दिनुहुन सादर निवेदन गर्दछौं । भनि सामुहिक रुपमा निवेदन दर्ता गराएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]