भुल्किबालि चेङग्री म्यूजिक भिडियो चाडैं आउँदै

Logo
संजय कुमार राजवंशी प्रकाशित शनिबार, साउन १७, २०८२

कटहरी / झापा, मोरङ्ग र सुनसरी जिल्लामा राजवंशी जातिकाे बहुदलीयता अत्यधिक छ । त्यसैले राजवंशी समुदायको राजवंशी काेच भाषागत गितहरु पनि थुप्रै छन् । काेच भाषागत गीत र म्यूजिक भिडियोहरु राजवंशी समाजले अत्याधिक माया र समान गर्दछन् । त्यसैगरी पुन राजवंशी भाषामा अर्को सुपरहिट म्यूजिक भिडियो “भुल्कीबाली चेङ्ग्री” नामक एल्वम तयारी हुनलागेको छ । अरु म्यूजीक भिडीयो भन्दा यो गानामा दर्शकले अत्याधिक मन पराउने एल्वमका प्रोड्यूसर तथा कलाकार दिनेश राजवंशीले एक कार्यक्रममा दाबि गर्दै बताएका छन् ।

“भुल्कीबाली चेङ्ग्री” नामक म्यूजिक गाना हाल रेकर्डिङ्ग विराटनगरको विट स्टुडियोमा भइरहेको छ । उक्त गीतमा स्वर चर्चित गायक राम राजवंशी र गयीका रिता राजवंशीको सु—मधुर आवाज रहने दिनेश राजवंशीले बताएका छन् । यस म्यूजिक भिडियो यूट्यूव चेनल आर आर म्यूजिक प्रोडक्शनमा लन्च हुने बताएका छन् ।

सो गीतको रचनाकार स्वर्गीय रामभक्त राजवंशी र गोपाल राजवंशी रहेको छ । निर्देशक कार्तिक राजवंशी, कम्पोजर बलबहादुर राजवंशी लगायत अन्य सहयोगी साथीहरु लक्ष्मी लिम्बु अमेरीका, रोहित राजवंशी कोरिया, स्यामबर राजवंशी, सत्यनारायण राजवंशी, जल्धर राजवंशी, दालवर राजवंशी, प्रभाकर राजवंशी, विप्लव राजवंशी, रन्जीत राजवंशी, विन्देश्वर राजवंशी, सुभक राजवंशी लगायत अन्य साथीहरुको सामुहिक सहयोगमा उक्त एल्वम बन लागेको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]