बि एस एन स्कुल अफ होटेल म्यनेजमेन्ट कलेजले अभिमुखिकरण कार्यक्रम सम्पन

Logo
ग्रामीण सहकर्मी / विराटनगर प्रकाशित आइतबार, साउन १८, २०८२

विराटनगर / कोशी प्रदेशको राजधानी विराटनगर महानगरपालिका वडा नम्बर —२ स्थित बि एस एन स्कुल अफ होटल म्यानेजमेन्टले नयाँ विद्यार्थीहरूलाई विभिन कार्यक्रम गरि अभिमुखीकरण कार्यक्रम सम्पन गरेका छन् । सो कलेजमा नयाँ भर्ना भएका कक्षा ११ का विद्यार्थीहरुलाई सहभागी गराई विराटनगरको सुविधा सम्पन भएको रतना होटेलमा अभिमुखीकरण कार्यक्रम सहित अन्य विविध कार्यक्रमहरु समेत गरिएको छ । कायक्रममा कक्षा ११ को वार्षिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी कञ्चन राजवंशीलाई सम्मान गरिएको छ । यसैगरी, पोशाक अनुशासनतर्फ सलिन दनुवार र रोनिश महासेठ, कलेजमा समयको अनुशासनतर्फ मरियम लिम्बू र रमिता राजवंशीलाई पनि सम्मान गरिएको छ ।

सांस्कृतिक कार्यक्रम, नेपालको संस्कृति झल्काउने फेसन सो, लाखे नाँच, थारु भाषा र अन्य विभिन भाषागत गीतहरु समेत विध्रार्थीहरुले नृत्य मार्फत प्रस्तुत गरेका छन् ।

बी एस एन स्कूल अफ होटल म्यानेजमेन्टका कार्यक्रम निर्देशक मनोज राजवंशीले सबै विध्रार्थीहरुलाई उज्वल भविष्यको सुभकामना दिदै अझै लगनशिल भई अध्यन गर्नुपर्ने बताएका छन् । र सास्थम कलेजका प्रबन्धक महेश्वर सिङ्ग लगायतले विध्रार्थीहरूलाई सम्मान गरेका थिए ।

सो कार्यक्रममा एस्पायर कलेजका सीएम बस्नेत, एम्स कलेजका सशांक पोखरेल, नेपाल बिजनेश कलेजका दीपक कोइराला लगायतले मन्तव्य राखेका छन । उक्त बी एस एन स्कुल अफ होटल म्यानेजमेन्ट कलेजमा ७० जना हाराहारी विद्यार्थी अध्ययनरत छन् ।

अभिमुखिकरण कार्यक्रममा विद्यार्थीले पालना गर्नुपर्ने नियम, अनुशासन रं अध्ययनको महत्वको विषयमा समेत जानकारी गराइएको स्कुलका शिक्षक तथा कार्यक्रम सञ्चालक इन्द्र घिमिरेले जानकारी गराइएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]