कोशी प्रदेश कराते महासंघ अध्यक्षमा मोरङका राना

Logo
ग्रामीण सहकर्मी / माेरङ्ग प्रकाशित शुक्रबार, साउन २३, २०८२

विराटनगर / कोशी प्रदेश कराते महासंघको अध्यक्षमा मोरङका प्रभाकर राना (रिक्की) निर्वाचित हुनुभएको छ। आज बुढीगंगा गाउँपालिका स्थित जेसीज भवनमा सम्पन्न प्रथम प्रदेश अधिवेशनबाट राना अध्यक्षमा निर्वाचित हुनुभएको हो।

अधिवेशनबाट उपाध्यक्षमा इलामका कमी राई र उदयपुरका रविन राई, सचिवमा खोटाङ्गका मिलन कसजु, सहसचिवमा सुनसरीका अनिश राजधामी र कोषाध्यक्षमा झापाकी रेनुका राई निर्वाचित हुनुभएको थियो।

त्यस्तै, सदस्यमा इलामकी मनकुमारी मुखिया, संखुवासभाका दिपक मगर, ओखलढुङ्गाका राजन दाहाल र झापाका संजयकुमार साह निर्वाचित हुनुभएको निर्वाचन अधिकृत कालिदास भट्टराईले जानकारी दिनुभयो।

अधिवेशनमा कोशी प्रदेश खेलकुद विकास बोर्डकी उपाध्यक्ष विन्दिया कार्की, बोर्ड सदस्य प्रदिप भगत थारू, नेपाल कराते महासंघका केन्द्रीय सदस्य मिलन राज प्रसाईंलगायत प्रदेशका कराते खेलकर्मीहरूको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]