विराटनगरमा ८० वर्षको रुख काटिदा विरोध

Logo
संजय कुमार राजवंशी प्रकाशित आइतबार, साउन २५, २०८२

कटहरी / काेशी प्रदेशको राजधानी विराटनगर स्थित ८० वर्ष पुरानो पिपलकाे रुख काटिदा प्राकृतिक तथा वातावरण अभियानता पारुल क्षेत्री विरोध गरेको छन् । क्षेत्री भाेलि विहान ९:३० बजे धर्णा दिने कार्यक्रम समेत रहेको ग्रामीण पत्रिका डटकमसंग फाेन सम्पर्कमा जानकारी गराएकाे छ ।
सत्यनारायण मन्दिर अगाडि रहेको वर्षाैँ देखिको पिपलको रुख रथयात्रामा अवरोध गर्छ भन्दै रुख काटिएको छ । प्राकृतिक तथा वातावरण अभियानता पारुल क्षेत्रीले त्यहीँ पुगेर विरोध गरेका हुन ।

वर्षौं देखि पुरानो रुखका हाँगाबिगा काटिरहेको सुन्नासाथ क्षेत्री त्यहिँ पुगेर माइकिङबाट विरोध गरेको हाे । साथै त्यहीँबाट विरोधमा उत्रिन युवा वर्गलाई आह्वान समेत गरे ।

माइक बोकेर रुख छेउमा पुगेर क्षेत्रीले रुख काट्ने अधिकार कसैसँग नभएको बताउँदै माइकमा बाेल्न थाले । क्षेत्रीले भने, “यो पटक रथको उचाइ बढाइयो भनेर रुख काट्न पाइन्छ ? रथयात्राको बहानामा रुख काटिएको छ ।” भन्दै विरोध समेत गरे ।

उनले अदालत र प्रशासनले कारबाही गर्छ कि गर्दैन थाहा छैन भन्दै रुख बचाउने अभियानमा सबै अनिवार्य लाग्नुपर्ने बताए ।

“सबैले विरोध गरौँ, टुलुटुलु हेरेर नबासौँ, ऐतिहासिक रुखहरू काट्न थालिएको छ, एक दिन मन्दिरले पनि डिस्टर्ब गर्‍यो भन्दैमा भत्काइदिने ” पारुल राजनीति छाडेर विराटनगरमा रुख रोप्ने अभियानमा खटिँदै आएका छन् ।

। रुख र विरुवा एक वातावरण हाे यस्ले समाजमा स्वच्छ अक्सिजन दिनछन् । पर्यावरण समाप्त गर्ने विरोधीलाई कडा कारबाही हुनुपर्ने उनले माग समेत गरे ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]