सामुदायिक वन दिवसमा डाँस मोरङ्गीमा वृक्षरोपण

Logo
भोजराज घिमिरे प्रकाशित सोमबार, साउन २६, २०८२

सामुदायिक वन दिवसमा डाँस मोरङ्गीमा वृक्षरोपण

पथरी, मोरङ – सामुदायिक वन दिवसको अवसरमा मोरङको पथरीशनिश्चरेस्थित डाँस मोरङ्गी सामुदायिक वन क्षेत्रमा वृक्षरोपण गरिएको छ। हरेक वर्ष विभिन्न कार्यक्रमसहित मनाइँदै आएको सामुदायिक वन दिवस यस वर्ष वृक्षरोपण गरेर मनाइएको हो।

सामुदायिक वन उपभोक्ता महासंघ पथरीशनिश्चरे नगरकार्यसमितिले आयोजना गरेको कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ मोरङले सहकार्य गरेको थियो। जंगलमा आहाराको अभावका कारण वन्यजन्तु सडकमा पुग्दा दुर्घटनाको जोखिम बढ्ने र बस्तीमा हात्ती प्रवेश गरी क्षति पुर्‍याउने सम्भावना रहने भएकाले यस्तो जोखिम न्यूनीकरणको उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको सामुदायिक वन उपभोक्ता महासंघ मोरङका कार्यवाहक अध्यक्ष मदन पोख्रेलले जानकारी दिए।

डाँस मोरङ्गी सामुदायिक वनका अध्यक्ष हरि निरौलाका अनुसार कार्यक्रममा वन क्षेत्रमा २५० बोट केरा र कार्यालय परिसरमा २५० बोट सुपारी रोपिएको छ।

सामुदायिक वन उपभोक्ता महासंघ पथरीशनिश्चरे नगरअध्यक्ष मैनादेवी फुयालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पथरीशनिश्चरे नगरपालिकाका नगरप्रमुख मोहन तुम्वापो प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा बोल्दै प्रमुख अतिथि तुम्वापोले वन क्षेत्रका समस्या समाधानका लागि नगरपालिकाले सधैं सहकार्य गर्ने प्रतिबद्धता जनाए। उनले विगतमा वन क्षेत्रमा कार्य गरेको अनुभव सुनाउँदै कतिपय कार्यमा ऐन–कानुनले बाधा पुर्‍याउने उल्लेख गरे।

त्यसैगरी, इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डिएसपी तुलसिराम अर्यालले वन क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणका लागि प्रहरी र वनकर्मीबीचको सहकार्य आवश्यक रहेको बताए।

कार्यक्रममा विभिन्न सामाजिक संस्था, वन समितिका प्रतिनिधि र सयौं स्थानीय उपभोक्ताको सक्रिय सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]