

विराटनगरमा मेगा ब्लड डोनेशन ड्राइभको जागरण अभियान सुरु
विराटनगर, भदौ ३० – तेरापंथ युवक परिषद् विराटनगरले आयोजना गरेको मेगा ब्लड डोनेशन ड्राइभ महोत्सवअन्तर्गत ३० दिने जागरण तथा जनचेतना अभियानको शुक्रबार औपचारिक शुभारम्भ गरिएको छ।
जैन भवन, विराटनगरमा सम्पन्न उद्घाटन कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, कोशी प्रदेश प्रहरी प्रमुख डीआइजी इश्वर कार्की, नेपाल रेडक्रस सोसाइटी मोरङका सभापति सुकदेव मण्डल, नेपाली कांग्रेस विराटनगर महानगर समितिका सभापति दिपक चापागाईं र वडा नं. ७ का वडाध्यक्ष मधुबाबु तिवारीले संयुक्त रूपमा ब्यानर अनावरण गर्दै अभियानको सुरुवात गरेका थिए।
कार्यक्रमको सभापतित्व तेरापंथ युवक परिषद् विराटनगरका अध्यक्ष अरिहन्त बैद्यले गरेका थिए। सो अवसरमा जैन श्वेताम्बर तेरापंथ सभा विराटनगरका अध्यक्ष सतिश दुगड, उद्योगी तथा कार्यक्रमका स्पोन्सर पार्टनर राजकुमार गोल्छा, महासचिव समित सुरानाले कार्यक्रम सयोजक परिषद्का उपाध्यक्ष अमित धाडेवा मन्तव्य राखेका थिए।
त्यसैगरी नेपाल अग्रवाल सभा विराटनगरका अध्यक्ष राजकुमार अग्रवाल, राजनीतिक तथा समाजसेवी दिलिप धाडेवा, समाजसेवी पवन सुराना, पूर्व अध्यक्ष तथा सल्लाहकार पंकज कुमार लुनिया, लेडिज सर्कल विराटनगर–५ की अध्यक्ष कुसुम लुनियाँ, तेरापंथ महिला मण्डल विराटनगरकी अध्यक्ष मिलन नौलखा र मारवाडी युवा मञ्च विराटनगरका अध्यक्ष मोहित लालवानीलगायतको उपस्थिति रहेको थियो।
परिषद्ले आगामी असोज १ गते कोशी प्रदेश प्रहरी तालीम केन्द्र रानी विराटनगर र विराटनगरका विभिन्न स्थानमा एकैदिन १ हजार पिन्ट रगत संकलन गर्ने लक्ष्यसहित अग्रिम तयारी सुरु गरेको जनाएको छ।