राज्यप्रतिको विश्वास कमजोर हुँदै गएको पूर्वराष्ट्रपति भण्डारीको भनाइ

Logo
भोजराज घिमिरे प्रकाशित मंगलबार, भाद्र ०३, २०८२

राज्यप्रतिको विश्वास कमजोर हुँदै गएको पूर्वराष्ट्रपति भण्डारीको भनाइ
विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सुशासन र पारदर्शिताको अभावले राज्यप्रति जनताको विश्वास दिन प्रतिदिन कमजोर बन्दै गएको बताएकी छन्। उद्घोष दैनिकको २१औं वार्षिकोत्सव समारोहलाई सोमबार विराटनगरमा सम्बोधन गर्दै उनले जनविश्वास गुम्दै जाँदा असन्तोष बढिरहेको उल्लेख गरिन्।
उनले भनिन्, “जबसम्म सुशासनलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न सक्दैनौँ, तबसम्म विकास, न्याय र समानताको जनअपेक्षा पूरा हुने सम्भावना न्यून रहन्छ।”

पूर्वराष्ट्रपतिले नेपालको समग्र विकासमा अझै राजनीतिक अस्थिरता, भ्रष्टाचार, आर्थिक असमानता, सामाजिक पछौटेपन, ग्रामीण–सहरी असन्तुलन लगायतका चुनौतीहरू अवरोधका रूपमा रहेको बताइन्। उनका अनुसार यी चुनौतीहरूले राष्ट्रिय स्रोतको सदुपयोगमा बाधा पुर्‍याउने मात्र होइन, दिगो विकास लक्ष्य पूरा गर्न पनि कठिनाइ सिर्जना गरिरहेको छ।

उद्घोष दैनिकको २१औं वार्षिकोत्सवमा ६ जना सम्मानित
उद्घोष दैनिकको २१औं वार्षिकोत्सवको अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने ६ जना व्यक्तित्व तथा संस्थालाई सम्मान र पुरस्कार प्रदान गरिएको छ। कार्यक्रमलाई राष्ट्रपति विद्यादेवी भण्डारी र कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रमुख अतिथि भएर सम्बोधन गरेका थिए।
कार्यक्रममा उद्घोष दैनिकले विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्तित्वलाई सम्मानसमेत गरेको थियो। उद्योगी महेश जाजुलाई उत्कृष्ट विज्ञापनदाता सम्मान प्रदान गरिएको छ। एशियन थाइफुड्स प्रा.लि.का निर्देशक समेत रहेका जाजुले चाउचाउ, बिस्कुट, चकलेट, जुस लगायतका उत्पादनमार्फत व्यावसायिक क्षेत्रमा योगदान दिँदै आएका छन्।

त्यसैगरी, गायिका सोनीलाई नारी सम्मान प्रदान गरिएको छ। उनले नेपाली र हिन्दी भाषामा दुई दर्जनभन्दा बढी गीत गाइ सकेकी छन्, जसका धेरैजसो युट्युब च्यानलमार्फत प्रशारण भइरहेका छन्।उद्घोष दैनिकको मुद्रण गर्दै आएको हंसवाहिनी प्रिन्टर्स एण्ड पब्लिकेसन्स प्रालिलाई पनि संस्थागत सम्मान गरिएको छ। प्रालिका अध्यक्ष कृष्ण अधिकारी र प्रबन्ध निर्देशक लव घिमिरेले सम्मानपत्र ग्रहण गरेका थिए।

यस्तै उद्घोष दैनिकका आन्तरिक शाखाबाट पनि उत्कृष्ट सहकर्मीहरू सम्मानित भएका छन्। समाचार शाखाका बाबुराम भण्डारी र डिजाइन विभागका श्रीकृष्ण चौधरीलाई उत्कृष्ट उद्घोषकर्मीको रूपमा रु. २१ हजार नगदसहित सम्मान गरिएको छ।

त्यसैगरी उत्कृष्ट संवाददाताको रूपमा मणिराम दाहाललाई रु. ११ हजार नगद पुरस्कार सहित सम्मान गरिएको छ।

कार्यक्रममा पत्रकारिता, विज्ञापन, साहित्य, मुद्रण र आन्तरिक दक्षता मार्फत समाज र पत्रिकाको विकासमा योगदान गर्ने व्यक्तिहरूलाई सम्मान गर्दै उद्घोष दैनिकले आफ्नो २१औं वर्ष प्रवेश गरेको घोषणा गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]