निहारिका कलेजकी छात्रा पूर्णिमा खतिवडा नेपालभर बीआइएममा प्रथम, ३.९८ जीपीए हासिल

Logo
भोजराज घिमिरे प्रकाशित बुधबार, भाद्र ०४, २०८२

निहारिका कलेजकी छात्रा पूर्णिमा खतिवडा नेपालभर बीआइएममा प्रथम, ३.९८ जीपीए हासिल

विराटनगर । विराटनगरको निहारिका कलेजकी छात्रा पूर्णिमा खतिवडा ले व्यवस्थापन संकाय (बीआइएम) को पहिलो सेमेष्टर परीक्षामा ३.९८ जीपीए ल्याउँदै नेपालमै पहिलो स्थान हासिल गरेकी छिन्।
त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा २०८१ सालमा सम्पन्न परीक्षामा प्राप्त यस उपलब्धिले उनले कोशी प्रदेशमै अहिलेसम्मकै उच्चतम जीपीए ल्याउने विद्यार्थी बन्ने गौरव समेत हासिल गरेकी छिन्। यसअघि कोशी प्रदेशका कुनै पनि विद्यार्थीले यति उच्च जीपीए ल्याउन सकेका थिएनन्।

निहारिका कलेजले यसअघि पनि बीआइएममा उत्कृष्ट नतिजा दिँदै आएको छ, जहाँ विद्यार्थीहरूले दोस्रो र तेस्रो स्थान हात पारेका थिए। सो कलेजमा बीएससी सीएसआइटी, बीसीए, बीआइटीएम, बीएचएम, बीबीएस र एमबीएसको अध्ययन हुँदै आएको छ।

पूर्णिमाले प्लस टु अर्किड कलेज, विराटनगर बाट उत्तीर्ण गरेकी थिइन्। उनले कक्षा १२ मा पनि ३.८४ जीपीए ल्याएर शैक्षिक उत्कृष्टताको उदाहरण प्रस्तुत गरेकी थिइन्।
कलेज प्रशासनका अनुसार, पूर्णिमाको यस उपलब्धिले निहारिका कलेजको शैक्षिक गुणस्तर र विद्यार्थीहरूको मेहनतलाई अझ बलियो प्रमाणित गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]