

विराटनगरमा विशाल रक्तदान र्याली
विराटनगर, भदौ ५ ।
ब्रह्माकुमारी राजयोग सेवा केन्द्र विराटनगरले संस्थाकी पूर्व मुख्य प्रशासिका राजयोगिनी दादी प्रकाशमणीज्यूको १८औं पुण्यतिथि तथा विश्व बन्धुत्व दिवसको अवसरमा विशाल र्यालीको आयोजना गरेको छ।
विश्वमा एकता र आपसी बन्धुत्वको भावना जागृत गर्न भदौ ६ देखि ९ गतेसम्म (अगस्ट २२–२५) नेपाल, भारत र केही दक्षिण एशियाली मुलुकका हजारौं ब्रह्माकुमारी सदस्यहरू तथा विभिन्न संघसंस्थाको सहयोगमा १०० घण्टामा १ लाख पिन्ट रगत संकलन गर्ने लक्ष्यसहितको अभियान अन्तर्गत विराटनगरमा र्याली निकालिएको हो।
रक्तदानप्रति जनचेतना जगाउन आयोजित उक्त र्यालीलाई विराटनगर महानगरपालिका–१० का वडा अध्यक्ष अर्जुन गिरी र ब्रह्माकुमारीज विराटनगर क्षेत्रीय कार्यालय प्रमुख राजयोगिनी गीता दिदीले संयुक्त रूपमा शुभारम्भ गर्नुभएको थियो।