विराटनगरमा तेरापंथ युवक परिषद् द्वारा मेगा रक्तदान महोत्सव, ५३२ पिन्ट रगत संकलन

Logo
भोजराज घिमिरे प्रकाशित बुधबार, आश्विन ०१, २०८२

विराटनगरमा तेरापंथ युवक परिषद् द्वारा मेगा रक्तदान महोत्सव, ५३२ पिन्ट रगत संकलन

विराटनगर, बुधबार ।
तेरापंथ युवक परिषद् विराटनगरले बुधबार विराटनगरसहित ८ बेग्लाबेग्लै स्थानमा एकैसाथ आयोजना गरेको मेगा रक्तदान महोत्सवमार्फत ५ सय ३२ पिन्ट रगत संकलन गरिएको छ।

परिषद्ले विराटनगरको जैन श्वेताम्बर तेरापंथ सभा भवनलाई केन्द्र बिन्दु बनाएर महोत्सवको आयोजना गरेको हो। कार्यक्रम संयोजक अमित धाडेवाका अनुसार महोत्सव अत्यन्त सफल रह्यो र अपेक्षा भन्दा बढी संख्यामा रक्तदाताले उत्साहपूर्वक रक्तदान गरेका थिए।
तेरापंथ युवक परिषद् विराटनगरले जैन भवनमा विशेष कार्यक्रममार्फत महोत्सवको औपचारिक उद्घाटन गरिएको थियो। उद्घाटन कार्यक्रममा नेपाल राष्ट्रिय मारवाडी युवा संगठनका पदाधिकारी, समाजसेवी तथा स्थानीय प्रतिष्ठित व्यक्तिहरूको सहभागिता रहेको थियो।

तेरापंथ युवक परिषद् विराटनगरका अध्यक्ष अरिहन्त वैद्यसहित परिषद्का पदाधिकारी र सदस्यहरूले रक्तदान गर्न आउने रक्तदातालाई स्वागत गर्दै सम्मान व्यक्त गरेका थिए।
कुनै पनि दल तथा पाटी को सहयो तथा सहभागी नरहेको तेरापंथ युवक परिषद्ले जनाएको छ ।
यस महोत्सवलाई विभिन्न सामाजिक संघसंस्था, समाजसेवी, बैंक तथा वित्तीय संस्था हरु को सहभागी थिए । रक्तदानमा युवादेखि वृद्धसम्म उत्साहजनक सहभागिता देखिएको थियो।

परिषद्का संयोजक अमित धाडेवाले महोत्सव सफल मात्र नभई समाजमा रक्तदानप्रतिको सकारात्मक सन्देश फैलाएको बताए। उनका अनुसार, “रक्तदान जीवनदान हो भन्ने मूल मन्त्रसहित गरिएको यो महोत्सवले बिरामीलाई रगत आपूर्ति सहज बनाउन ठूलो योगदान पुर्‍याउनेछ।”

रक्तदान महोत्सवको प्रभावकारी आयोजनाले स्थानीय समुदायमा सामाजिक उत्तरदायित्व र सेवाभावलाई अझ मजबुत बनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]