

विराटनगर / देश भरिमा वर्खा याममा डेंगु संक्रमणको जोखिम निकै बढ्दो क्रममा देखिन्छ । बिराटनगरमा यसको नियन्त्रण अभियान तव्रि गतीमा भईरहेको छ । यसका साथै केही अस्पतालहरुमा भने डेंगु संक्रमणको निःशुल्क परिक्षण भईरहेको छ ।
पछिल्लो ६ महिनामा २६३२ जनाको डेंगु परिक्षण गरिएको थियो जस माध्य४८ जनामा मात्र डेंगु संक्रमण पुष्टि भएको विराटनगर महानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । विराटनगर महानगरपालिकाका मेयर नागेश कोईराला , स्वास्थ्य विभागका संयोजक दिलिप यादव र रानी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मानिक चंन्द भगतले डेंगु रोकथामका लागि प्रयास गरिरहेका छन् ।
मेयर नागेश कोईरालाले डेंगु नियन्त्रणका लागि महानगरपालिकाले विषेश अभियान चलाइको बताउदै सफाईमा सबैको सहयोगको आवश्यक रहेको बताए । उनले लार्भा नष्ट गर्ने , पानी जम्न नदिने , झाडी पन्छाउने जस्ता काममा सबैलाई सहयोग गर्न अपिल गरे ।
मौसम परिवर्तन भए संगै डेंगु जस्ता घातक संक्रमण बढ्दै गएकोले स्वास्थ शाखाका संयोजक दिलिप यादवले महानगरको विभिन्न स्थानहरुमा गएर डेंगु खोज र नष्ट अभियान चलाईरहेका छन् ।
रानी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मानिक चंन्द भगतकाले सबैलाई सचेत रहन आग्रह गरेका छन् । केही लक्ष्ण देखा परे तत्कालै स्वास्थय संस्थामा सम्पर्क गर्न र आफु बस्ने वरपर वतावरण सफा राख्न समेत अनुरोध गरेका छन् । डेंगुको लक्ष्ण, त्यसको रोकथाम र उपचारका बारेमा जानकारी गराउँदै बिरामीहरुलाई आत्तिन नपर्ने बताए ।
महानगरपालिकाले डेंगु नियन्त्रणका लागि जनचेता फैलाउने, लार्भा नष्ट गर्ने अभियान, स्वास्थ्य शिविर, स्वास्थ्यकर्मीहरुको क्षमता विकास लगायतका कार्यक्रमहरु सञ्चाल गरिरहेको छ ।