विराटनगर / कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई संविधान दिवस र राष्ट्रिय दिवसको अवसरमा पलास्टिक फुलहरुले स्वागत गरेका थिए । मुख्य मन्त्री प्रदेशको भएपनि अर्गानिक फुलहरुले स्वागत नगरिएको देख्दा त्यहाँका केहि सहभागीले कानिखुसि गरिएको थियोे ।
विराटनगरको बजारमा अर्गानिक फुलहरुको पसल तथा नर्सरीहरु प्रसस्त छन् । तर फुलको गुच्छा ल्याउन नसकेको अवस्था । करिब १० मिनेट मात्रै मन्त्वय राखेका मुख्य मन्त्रीले जेनजी पुष्ताको २३ गतेको आन्दोलनको त्रासले छिटो सकिएको कार्यक्रम देखिएको थियोे । यसअघि कुनैपनि कार्यक्रममा बोल्दा एक घण्टाभन्दा बढि लामो भाषण ठोक्ने र बोल्ने गर्थे । तर आज विहान आन्तरिक मामिला तथा कानुन मन्त्रालयको उक्त दिवस कार्यक्रममा जेनजी पुष्ताले आक्रमण गर्छ भने त्रासले मात्रै १० मिनेट बोलेका थिए । करिब १० मिनेटको त्रासमय समय नसकिदै कार्यक्रमको समापन धोषणा समेत मुख्यमन्त्रीले गरेका थिए ।आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आयोजना गरिएको उक्त कार्यक्रममा मुख्यमन्त्री आउनासाथ कार्यक्रम सकिएको घोषण गर्दै करिब—करिब १० बोल्दै कार्यक्रम समापन गरिएको थियो । उक्त संविधान दिवस तथा राष्ट्रिय दिवसमा करिब १५ मिनेटको कार्यक्रम गरेर मनाएका हुन ।



उक्त कार्यक्रमको अवसरमा ऐतिहासिक संविधानको रक्षा र लोकतान्त्रिक गणतन्त्र सुदृढीकरणका लागि सबै राजनीतिक दल, नागरिक समाज र आम नेपाली जनतालाई एक ढिक्का भएर अघि बढ्न आह्वान समेत कार्यत्रममा गरिएको हो ।
उक्त दिवसका अवसरमा २०८२ लाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले सात दशक भन्दा लामो संघर्ष र बलिदानको परिणामस्वरूप वि.सं. २०७२ साल असोज ३ गते जननिर्वाचित संविधान सभाबाट जारी संविधान नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको आधारस्तम्भ हो भन्दै बताएका थिए । र यसको रक्षा गर्न सबैले हातेमालो गरी अगार्डि बढ्नुपर्ने वताए ।


उक्त दिवस कार्यत्रमको अवसरमा मुख्यमन्त्री कार्कीले सहिदहरू प्रति श्रद्धाञ्जली अर्पण गर्दै भाद्र २३ र २४ गते भ्रष्टाचार अन्त्य र सुशासन स्थापनाको माग गर्दै जेनजी पुष्ता आन्दोलनमा होमिएका थिए । कार्किले प्रदर्शनका क्रममा ज्यान गुमाएका युवाप्रति समेत हार्दिक श्रद्धाञ्जली प्रकट गरेका थिए ।
कोशी प्रदेश सरकार संविधानको पालना, कानुनको शासन, सुशासन र पारदर्शिता कायम गरी भ्रष्टाचार निवारण गर्नुपर्ने चर्चा गर्दै उहाँले सामाजिक, आर्थिक विकासलाई तीव्रता दिँदै समाजवाद उन्मुख राष्ट्रिय अर्थतन्त्र निर्माण गर्नु अहिलेको अभिभारा भएको प्रष्ट पारेका थिए ।
मुख्यमन्त्री कार्कीले युवाहरूको ऊर्जा, सिर्जनशीलता र सीपलाई सदुपयोग गर्दै समृद्ध नेपालको राष्ट्रिय आकांक्षा पूरा गर्न कोशी प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गरेका थिए । संविधान दिवसले सबैलाई आवेग र उत्तेजनाभन्दा माथि उठेर राष्ट्रको सर्वोपरि हितलाई केन्द्रमा राखी विवेकसम्मत ढङ्गले अघि बढ्न प्रेरणा दिने उहाँले विश्वास व्यक्त गर्नुभएको छ ।
