विराटनगरमा पहिलो पटक मुख्य तथा अनुहारको जोर्नी (TMJ) को उपचार डा. मनोज कुमार द्वारा अब पारस अस्पतालमा

Logo
सरीता कर्मकार / विराटनगर प्रकाशित सोमबार, साउन २१, २०८१

विराटनगर / नेपालकै पहिलो एक मात्र TMJ मा PHD गरेका डा. मनोज साहले अब विराटनगरमा पहिलो पटक सेवा प्रधान गर्ने भएका छन् ।

विराटनगर स्थित पारस अस्पतालमा डा. साह प्रत्येक महिनाको पहिलो शनिबार काठमाडौं बाट आएर मुख तथा अनुहारको जोर्नी (TMJ)को जाँच र उपचार गर्ने भएका छन् ।

मुख खोल्दा वा बन्द गर्दा कानको अगाडी दुख्ने, खाना चपाउँदा किट् किट् आवाज आउने, मुख कम खुलने वा अड्किने, गाँला पट्टीको मासपेशी भारी भएको महसुस हुने, दुखाई बल्झिएर कान, टाँउको र घाँटी सम्म फैलिने, राती सुत्दा दाँत किट्ने , घुर्ने र साँस फेन गाह्रो भएर बिउझिने जस्ता विभिन्न समस्याहरु मुख तथा अनुहारको जोर्नीमा देखा पर्न सक्छ ।

यस्ता समस्याहरु भएमा आउदो भाद्र १ गते देखी विराटनगरमा पनी डा. मनोज साह बाट उपचारको लाभ लिन सकिने छ । डा.साह KATHMANDU TMJ AND OROFACIAL PAIN CARE CENTRE को TMJ/TMD स्पेसलिस्ट , OROFACIAL PAIN फिजिसियन र oral and maxillofacial सर्जन हुन् । उनले थुप्रै बिरामीहरु सफलता पूर्वक उपचार गरिसकेका छन् ।

विशेष शल्यक्रियासहित यस रोगको उपचार अब पारस अस्पतालमा भएकोले बिरामीहरुले अब काठमाडौं धाउनुपर्ने बाध्यता टरेको छ । यसबाट स्थानीय बिरामीहरुले कम खर्चमा र सहज रुपमा उपचार पाउने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]