म, हामी र तपाईँ कसरी सोचछौँ

Logo
संजय कुमार राजवंशी प्रकाशित सोमबार, आश्विन २७, २०८२

तपाईँको छिमेकी पैशा राम्रो कमायो । तपाईँ भन्दा राम्रो घर बनायो । तपाईँ भन्दा राम्रो काम गरियो । पढाईमा तपाईँ भन्दा राम्रो गरियो भने म, हामी र तपाईँ कसरी जलन, जिलियस तथा ईस्र्या हुनुहुन् । यो यथार्थ हो कसैको विकासमा कसैले खुशि मनाउनु एकदमै राम्रो विषय वस्तु हो । के त हामी अरुको प्रगति र विकासमा हामी साचिकै खुशी हुन्छौँ त ? । एक पटक आफुलाई सफा र सुध मनले सोचनुस् त साथीहरु ? म, हामी र तपाईँको सोच सफा, सुध र विना भ्रष्ट भई सोचनुस् त ? म, हामी र तपाईँलाई पक्कै जलन, जिलियस र ईस्र्या अनिवार्य हुन्छन् ।

यस विचारमा माथिल्लो पाराग्राफमा जे लेखिए पनि । सायद तपाईँलाई लाग्छ होला के लेखिएको छ । किन यस्तो लेखियो । अरुले प्रगति गर्दा । पैशा राम्रो कमाउदा राम्रो कुरा होनी भने विचार गर्नुहोला तर साचिकै म, हामी र तपाईँको मनमा यो सत्य विचार सफा मनले आयो होला त ? यो विचारणीय र सोचनीय विषय वस्तु हो यो । हामी कति विषय वस्तुहरु नराम्रो लागेपनि सत्य सावित गरेका छौँ । राम्रो नलागेपनि गरेका छौ । विभिन्न स्वार्थ तथा विभिन्न व्यक्तिगत फाइदा लिनको लागी गरेका छौँ । घरपरिवारको सदस्यको खुशी जीवनको लागी भएपनि गलत कुरालाई मान्यता दिएका छौँ ।

मानिस चेतनशिल प्राणी हो । मानिसले कहिले राम्रो त कहिले नराम्रो सोचदछन् । मानिसले जहिल्यै नकारात्मक र सकारात्मक हुन्छन् । चेतनशिल भएकै कारणलेपनि मानिसले राम्रो र नराम्रो कामहरु गर्दछन् । र सोच्ने क्षमता नै अन्य प्राणीसँग फरक बनाउँदछन् । सोच, विचार र दृष्टिकोण बिना मानिसको जीवन सम्भव छैन । किनभने एक फरक मानिसको सोच नै व्यवहार, निर्णय र कर्मको आधार दिन्छन् । मानिसले कसरी सोच्छ भन्ने कुरा उसको भोगाई, दुःख पिडा र अनुभव, शिक्षा, पारिवारिक वातावरण, समाज, संस्कार र परिस्थिति अनुसार फरक–फरक सोच, विचार र दृष्टिकोण फरक हुन्छन् ।

सामान्यतया मानिसहरुले दुई किसिमले सोच्ने गर्छ । तर्क र भावनात्मक विचारको आधारमा । तर्क र विचारका आधारमा सोच्ने मानिस निर्णय लिनु अघि कारण, प्रमाण र परिणामबारे विचार गदर्छन् । भने यस्तो सोचले मानिसमा प्रगतिशील सोच र सकारात्मक परिवर्तन ल्याउँदछन् । अर्को तर्फ, भावनामा आधारित सोचले प्रेम, घृणा, डर वा आशा जस्ता भावनाले प्रभाबित हुन्छन् ।

मानिसको सोच, विचार र दृष्टिकोण समय, अनुभव र ज्ञानसँगै परिपक्व हुँदै जान्छन् । बालबालिका र बच्चाको सोच सरल र कल्पनाशील हुन्छन् भने वयस्क व्यक्तिको सोच व्यवहारिक र यथार्थपरक हुन्छन् । यस्तै, आशावादी मानिसले हरेक कुरामा सम्भावना र उपायका बाटो खोज्छ भने निराशावादीले व्यक्तिले समस्या मात्र देख्दछन् ।

आजको वैज्ञानिक र आधुनिक युगमा मानिसको सोच अझ विस्तृत भएको छ । उसले केवल आफ्नो परिवार वा देशको लागि मात्र होइन, सम्पूर्ण मानवताको हितका लागि पनि सोच्ने गरेको अहिले केहि मात्रामा पाइन्छ । त्यसैले सकारात्मक सोच नै सफल जीवनको सहि बाटो हो ।

निष्कर्ष ः यो मेरो व्यक्तिगत विचार हो ।
मानिसले कसरी सोच्छन् भन्ने कुरा उसको जीवनको दुःख भोगाई, दृष्टिकोण, मूल्य र अनुभवसँग गाँसिएको हुन्छन् । सही र सत्य सोचले व्यक्ति र समाज दुवैलाई उज्यालो दिशातर्फ डोर्याउँदछन् भने नकारात्मक सोचले गलत दिशातर्फ ल्याउँदछन् । त्यसैले, सोच्न सिक्नु नै जीवनलाई अर्थपूर्ण बनाउने पहिलो कदम हो ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]