

विराटनगर / जेनजी पुष्ताको आन्दोलन पछि भएको जसपा नेपाल कोशी प्रदेशको एकता प्रथम अधिवेशनमा केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले कार्यक्रमलाई सम्बोधन गर्दै प्रत्यक्ष कार्यकारी निवार्चित राष्ट्रियपति प्रणाली हुनुपर्छ भन्दै पार्टिको आधिकारिक धारणा राखीएको छ ।
जनता समाजवादी पार्टी, नेपाल (जसपा) प्रदेश नं. १ (कोशी प्रदेश) को एकता, प्रथम अधिवेशनबाट दिपक याखा सर्वसम्मत रूपमा दोस्रो कार्यकालका लागि अध्यक्ष पुन निर्वाचित भएका छन् ।
उपाध्यक्षमा हस्तशोभा राई, अनिल कुमार ठाकुर र विष्णु कुमार लावती गरी तीन जना निर्वाचित भएका छन् । त्यस्तै, मुख्य सचिवमा घनश्याम कट्वाल, सचिवहरूमा आइत चेम्जोङ, मनोज यादव र दीपेन्द्र रुम्दाली राई निर्विरोध चयन भएका छन् । कोषाध्यक्षमा केशव जबेगू लिम्बू निर्विरोध निर्वाचित भएका छन् भने सदस्यमा सेविका मण्डल, सूर्यनारायण यादवसहित ४८ सदस्यीय कार्यसमिति गठन गरिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै जसपा नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले देशमा जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली आवश्यक रहेको बताउनुभयो । उहाँका अनुसार, “राष्ट्रपतिले विज्ञहरू समावेश गरी सरकार निर्माण गरे मात्र देशमा शान्ति र सुशासन कायम हुन सक्छ ।”
अध्यक्ष यादवले हालको संसदीय प्रणालीको स्वरूप परिवर्तन गरी संविधान पुनर्लेखन गर्नुपर्ने आवश्यकता औंल्याउँदै, वर्तमान सात प्रदेशीय संरचना पर्याप्त नभई दश प्रदेशीय संरचना उपयुक्त हुने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा जसपा नेपालका केन्द्रीय सह–अध्यक्ष रकम चेम्जोङ, केन्द्रीय सचिव राजकुमार राई, केन्द्रीय सदस्य जयराम यादव, सञ्जय सिंह, मोरङ जिल्ला अध्यक्ष राजकुमार यादवलगायतका नेताहरूले मन्तव्य राखेका थिए ।