Logo
भोजराज घिमिरे प्रकाशित सोमबार, कार्तिक १०, २०८२

विवादपछि नयाँ नाम चर्चामा, विनोद चाहार श्रम मन्त्रालयको सम्भावित नेतृत्वमा

विराटनगर । हालै श्रम मन्त्रालयको नेतृत्वमा रहेका खगेन्द्र सुनार विवादमा तानिएपछि, नयाँ नेतृत्वको रूपमा विराटनगरका युवा सामाजिक अभियन्ता विनोद चाहारको नाम चर्चामा आएको छ।
सामाजिक सद्भाव, मानवीय सेवा र सकारात्मक परिवर्तनका लागि परिचित चाहार अहिले सबैको ध्यानको केन्द्रमा रहेका छन्।

कोभिड–१९ महामारीको कठिन समयमा “कोही पनि भोको पेट मर्नु नपरोस्” भन्ने उद्देश्यका साथ उनले विराटनगरमा निरन्तर भोजन सेवा सञ्चालन गरेका थिए।
उनले ५१ दिनसम्म करिब ५७ हजार जनालाई निःशुल्क भोजन वितरण गरे। त्यसैगरी, कोशी क्षेत्रका विभिन्न स्थानका विपन्न परिवारलाई एक बोरा चामल, तेल, नुन र साबुन राहतस्वरूप वितरण गरेर समाजमा सहयोग र करुणाको सन्देश फैलाएका थिए।

लकडाउनका कठिन दिनमा पनि सक्रिय रहेका चाहारले राहत वितरण, स्वास्थ्य सहयोग र जनचेतनामूलक अभियान सञ्चालन गर्दै समुदायमा सकारात्मक सन्देश प्रवाह गरे।
“जय परिवर्तन” भन्ने नारासहित सामाजिक रूपान्तरण र एकताका लागि निरन्तर अभियान सञ्चालन गर्दै आएका उनी अहिले श्रम मन्त्रालयको सम्भावित नेतृत्वका लागि योग्य विकल्पका रूपमा हेरिएका छन्।

स्थानीय युवा, सामाजिक अभियन्ता र बौद्धिक वृत्तले चाहारको सेवाभाव र नेतृत्व क्षमतालाई उच्च मूल्यांकन गर्दै उनलाई नयाँ पुस्ताको प्रतिनिधि पात्रको रूपमा लिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]