सामुदायिक प्रहरी सेवा केन्द्र, विराटनगर–२ तीनपैनीद्वारा छठ पर्वमा निःशुल्क स्वास्थ्य शिविर

Logo
भोजराज घिमिरे प्रकाशित मंगलबार, कार्तिक ११, २०८२

सामुदायिक प्रहरी सेवा केन्द्र, विराटनगर–२ तीनपैनीद्वारा छठ पर्वमा निःशुल्क स्वास्थ्य शिविर
विराटनगर, मोरङ।
छठ पर्वका अवसरमा सामुदायिक प्रहरी सेवा केन्द्र, विराटनगर–२ तीनपैनीले सोमबार विराटनगरको सिँघिया घाटमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ।
हरेक वर्षझैं यस वर्ष पनि व्रत बसेर पूजा गर्न आउने भक्तजनहरूको भीडलाई ध्यानमा राखी उक्त शिविर सञ्चालन गरिएको केन्द्रले जनाएको छ।

कार्यक्रमको आयोजना सामुदायिक प्रहरी सेवा केन्द्रकी अध्यक्ष मिना जोशीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा सचिव भोजराज घिमिरे, कोषाध्यक्ष सन्तोष बाहेती, सदस्य शेर सिङ दुगड, कानुनी सल्लाहकार सुनिल कुमार कर्ण लगायत कार्यकारी समिति, सल्लाहकारहरू आजिबन सदस्य तथा पदेनसदस्य बरिस्ठ प्रहरीहलदार तारा अधिकारी प्रहरी कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो।
शिविरमा व्रतधारी भक्तजनका लागि रक्तचाप, रक्तमा सुगर (ग्लुकोज) परीक्षण तथा प्राथमिक उपचार सेवा प्रदान गरिएको थियो।
यस स्वास्थ्य शिविरमा नेपाल रेडक्रस सोसाइटी, मोरङले चिकित्सक तथा एम्बुलेन्स सेवा उपलब्ध गराएर सहयोग पुर्‍याएको केन्द्रले जानकारी दिएको छ।
सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक वर्ष सामाजिक कार्यमा अग्रणी भूमिका खेल्दै आएको सामुदायिक प्रहरी सेवा केन्द्रले यस वर्ष पनि भक्तजनहरूको स्वास्थ्य सुरक्षाका लागि यस्तो जनसेवा कार्यक्रम सञ्चालन गरेको हो।

“छठ पर्वका अवसरमा सिँघिया घाटमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा व्रतधारी भक्तजनको रक्तचाप परीक्षण गर्दै स्वास्थ्यकर्मी।”

सामुदायिक प्रहरी सेवा केन्द्र, विराटनगर–२ तीनपैनीद्वारा छठ पर्वमा सिँघिया घाटमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
भक्तजनका लागि रक्तचाप, सुगर परीक्षण र प्राथमिक उपचार सेवा प्रदान। यस शिविरमा स्थानीय नागरिकहरूको उत्साहजनक सहभागिता।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]