अन्तर मावितह जिल्लास्तरीय हाजिरजवाफ प्रतियोगिता सम्पन्न

Logo
चन्दन रौनियार प्रकाशित मंगलबार, कार्तिक २५, २०८२

सुनसरी / जिल्ला प्याब्सन सुनसरीको आयोजनामा मावितह जिल्लास्तरीय अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । रामधुनी झुम्का ५ स्थित रहेको कलश पार्टि प्यालेसमा जिल्ला  प्याब्सन सुनसरीको  आयोजनामा मावितह जिल्ला स्तरीय अन्तरविद्यालय हाजिरीजबाफ प्रतियोगिता सम्पन्न भएको हो ।

प्रतियोगितामा प्रतियोगी १७ वटा विद्यालयलाई पछि पार्दै इटहरीमा रहेको ब्लुुमिङ्ग लोटस स्कुल प्रथम हुन सफल भयो भने खनार सनसाइन स्कुल दोस्रो भएको छ । त्यसैगरी दुहबीमा रहेको माउन्ट मनास्लु स्कुल तृतीय र
सान्त्वना गार्ड्रन ऐकडेमी स्कुल हुन सफल भएको  हो । प्रथम,दोस्रो र तृतीय र सान्त्वना हुने बिधालय ट्रफि र प्रमाणपत्र समेत प्रदान गरेका थिए ।
जिल्ला प्याब्सन सुनसरीका अध्यक्ष थानेश्वर ढकालको अध्यक्ष्ाता  तथा कोशी प्रदेश प्याब्सनका बरिस्ठ उपाध्यक्ष कोषराज प्याकुरेलको प्रमुख  आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्वागत मनतव्य जिल्ला प्याब्सन सुनसरीका बरिस्ठ उपाध्यक्ष रमेश कार्कीले राखेका थिए भने प्याब्सन अन्न अतिथिहरुले पनि शुभकामना मनतव्य राखेका थिए । सुनसरी जिल्ला मा रहेको पालिका अन्तरगत छानिएर अाएका  नीजि विद्यालयहरु मध्ये १७ वटा माध्यमिक तहका विद्यालयहरुले प्रतियोगितामा सहभागिता जनाएको प्याब्सन जिल्ला अध्यक्ष थानेश्वर ढकालले जानकारी दिए । उनले प्याब्सनले विद्यार्थीहरुको चौतर्फी वृत्ति विकासका लागि सकृय रहेको दाबी गरे ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]