मोरङ, हतिमुडा स्थित प्राइम केबल इन्डस्ट्रीजद्वारा विभिन्न कार्यालयहरूलाई कम्प्युटर तथा प्रिन्टर हस्तान्तरण

Logo
भोजराज घिमिरे प्रकाशित शनिबार, मंसिर ०६, २०८२

मोरङ, हतिमुडा स्थित प्राइम केबल इन्डस्ट्रीजद्वारा विभिन्न कार्यालयहरूलाई कम्प्युटर तथा प्रिन्टर हस्तान्तरण

मोरङ — स्थानीय उद्योगी तथा समाजसेवी प्राइम केबल इन्डस्ट्रीज प्रा. लि., हतिमुडाका निर्देशक मुकुलेश कोठारी र सम्माननीय/श्रद्धेय मोहनलाल कोठारीले विभिन्न सरकारी तथा सामुदायिक संस्थाहरूलाई कार्यालय सञ्चालनमा आवश्यक पर्ने उपकरणहरू हस्तान्तरण गरेका छन्।

बिराटनगर महानगरपालिका–२ का वडा सदस्य तथा सामुदायिक प्रहरी सेवा केन्द्रका सदस्य सेर सिंह दुगडको पहलमा सम्पन्न उक्त कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्र तिनपानीलाई १ सेट कम्प्युटर र १ सेट प्रिन्टर, मोरङ जिल्ला प्रहरी कार्यालय (SP Office) लाई १ सेट कम्प्युटर र १ सेट प्रिन्टर, मोरङ जिल्ला प्रशासन कार्यालय (CDO Office) लाई २ सेट कम्प्युटर १ प्रिन्टर तथा बिराटनगर महानगरपालिका वडा नं. १, २ र ७ लाई प्रत्येक १ सेट कम्प्युटर प्रदान गरिएको छ।

उपकरण हस्तान्तरण गर्दै निर्देशक कोठारीले समुदायमा प्रविधिमैत्री सेवा विस्तार र कार्यालयको नियमित कार्य प्रक्रियालाई सहज बनाउन उद्देश्यपूर्वक सहयोग गरिएको बताए। उनका अनुसार, यस्ता उपकरण सहयोगहरूले स्थानीय कार्यालयहरूको कार्यक्षमता बढाउने तथा सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]