विराटनगरमा आधुनिक सुविधा सम्पन्न प्राइम अस्पताल सञ्चालनमा

Logo
भोजराज घिमिरे प्रकाशित आइतबार, मंसिर १४, २०८२

विराटनगरमा आधुनिक सुविधा सम्पन्न प्राइम अस्पताल सञ्चालनमा

विराटनगर। विराटनगर महानगरपालिका–७, अस्पताल चौकमा अत्याधुनिक पूर्वाधारसहित निर्माण गरिएको प्राइम अस्पताल आइतबारबाट औपचारिक रूपमा सेवा सञ्चालनमा आएको छ।

स्वास्थ्य क्षेत्रमा २८ वर्षको अनुभव बोकेका युवा उद्यमी सनातन मण्डलको नेतृत्वमा २५ बेड क्षमताको अस्पताल पूर्व गोल्डेन अस्पताल रहेको पाँचतले भवनमै आधुनिक संरचना तथा प्रविधिक प्रणालीसहित पुनः सञ्चालनमा ल्याइएको हो।

आइतबार आयोजित उद्घाटन समारोहमा अस्पतालका सञ्चालक, कार्यरत चिकित्सक तथा चिकित्सकका आमा हरु र अभिभावकले संयुक्त रूपमा रिबन काटेर अस्पताल उद्‌घाटन गरेका थिए। उद्योगी नरेश राठी, नेपाल अग्रवाल सभा विराटनगरका अध्यक्ष राजकुमार अग्रवाललगायत उद्योगी–व्यवसायीको ठूलो उपस्थिति रहेको थियो।
अस्पतालका सञ्चालक समितिका अध्यक्ष डा. रमेश चौरसिया रहेका छन्।
सञ्चालकमा –
डा. रंजिव यादव,
डा. अजय महतो
,डा. मनिष अग्रवाल ,
डा. टेकनारायण यादव
र सनातन मण्डल
समावेश छन्।
एकैपटक १५ जना दक्ष विशेषज्ञ चिकित्सकबाट सेवा सुरु भएको अस्पतालले जानकारी दिएको छ।
अस्पताल सञ्चालनका लागि भवन तथा पूर्वाधार निर्माणमा ८ करोड र अत्याधुनिक मेसिन उपकरणका लागि ३ करोड खर्च भई कुल लगानी ११ करोड रुपैयाँ पुगेको बताइएको छ।

बिरामीलाई पूर्ण स्वास्थ्य लाभ भएपछि मात्र घर पठाउने लक्ष्य रहेको ।
४ कठ्ठा क्षेत्रफलमा तीन वटा छुट्टाछुट्टै पार्किङ सुविधारहेको ।
प्रारम्भिक १५ दिनसम्म उपचारमा ५० प्रतिशत छुट दिने
सञ्चालक सनातन मण्डलले भने, “अन्य अस्पतालभन्दा दुई रुपैयाँ भए पनि प्राइम अस्पतालमा सस्तो उपचार हुनेछ। बिरामीलाई गुणस्तरीय र भरपर्दो सेवा प्रवाह गर्नु हाम्रो मुख्य उद्देश्य हो।”
अहिले ७० जनाले प्रत्यक्ष रोजगारी पाएको अस्पतालले भविष्यमा ३५० जनासम्मलाई रोजगारी दिने लक्ष्य राखेको छ।
स्थानीयलाई सहज, किफायती र आधुनिक स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित सञ्चालनमा आएको प्राइम अस्पतालले विराटनगरको स्वास्थ्य सेवा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]