अमृता अस्पतालद्वारा विराटनगरमा निःशुल्क स्वास्थ्य शिविर

Logo
भोजराज घिमिरे प्रकाशित शनिबार, मंसिर २०, २०८२

न्यूरे अस्पतालको रगत अनुदान दिवसमा विशेषज्ञ चिकित्सकद्वारा सेवा तथा परामर्श

विराटनगर, मोरङ। न्यूरे अस्पतालले आफनु स्थापनाको रजत जयन्ती दिवसका अवसरमा विभिन्न स्वास्थ्य सेवा तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ। सोही क्रममा भारतको हरियाणा, फरीदाबादस्थित अमृता अस्पतालसँगको सहकार्यमा विराटनगरमा निःशुल्क स्वास्थ्य जाँच तथा विशेषज्ञ परामर्श कार्यक्रम सम्पन्न गरिएको छ।

भारतकै सबैभन्दा ठूलो सरकारी अस्पतालहरूमध्ये एक मानिने अमृता अस्पतालमा २,६०० शैय्यासहित अत्याधुनिक ICU, CCU तथा उच्चस्तरीय सेवा उपलब्ध छन्। विश्वप्रसिद्ध आध्यात्मिक नेतृ श्री माता अमृतानन्दमयी देवी (अम्मा) द्वारा स्थापना तथा सञ्चालनमा रहेको यो अस्पतालसँगको सहकार्यपछि प्रदेशका स्वास्थ्यकर्मीलाई पनि प्रत्यक्ष लाभ पुगेको आयोजकले जनाएको छ।

न्यूरोसर्जरी र पल्मोनोलोजीमा विशेष CME कार्यक्रम

कार्यक्रममा वरिष्ठ न्यूरोसर्जन प्रा. डा. सञ्जय पाण्डे र विशेषज्ञ डा. सौरभ पौडेलले मस्तिष्क तथा स्नायु सम्बन्धी उपचारका नवीन प्रविधि, चुनौती र आधुनिक शल्यक्रिया विधिबारे चिकित्सक तथा स्वास्थ्यकर्मीलाई प्रशिक्षण प्रदान गरे।

यसैगरी, अमृता अस्पतालका वरिष्ठ न्यूरोलोजिस्ट डा. विरेन्द्र कुमार बिष्ट, डा. सुनन्द पौडेललगायत चिकित्सकहरूको टोलीले पनि ज्ञान आदान–प्रदान गर्दै निःशुल्क परामर्श सेवा प्रदान गरेका थिए।

प्रदेशका बिरामीका लागि ठूलो सहकार्य

न्यूरे अस्पतालले कोशी र मधेश प्रदेशका बिरामीलाई उपलब्ध गराउँदै आएको गम्भीर न्यूरो उपचार, कलेजो र अग्न्याशय प्रत्यारोपण तथा रोबोटिक सर्जरी सेवामा अमृता अस्पताल महत्वपूर्ण सहकार्यकर्ताका रूपमा उदाएकाे अस्पतालले जनाएको छ।
यस सहकार्यपछि बिरामीले भविष्यमा अझ सस्तो, सहज र अत्याधुनिक सेवा पाउने अपेक्षा गरिएको छ।

कार्यक्रमले प्रदेशभरि कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीको सीप र दक्षता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुगेको न्यूरे अस्पताल व्यवस्थापनले जनाएको छ।
पत्रकार तथा आमजनताले कार्यक्रमप्रति देखाएको साथ र सहयोगका लागि अस्पतालले धन्यवाद पनि व्यक्त गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सह सम्पादक : भोजराज घिमिरे

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]