रेडस्टार अङ्ग्रेजी माध्यमिक विद्यालयमा ‘प्रतियोगितात्मक नाटक महोत्सव–२०८२’ सम्पन्न

Logo
भोजराज घिमिरे प्रकाशित शनिबार, मंसिर २७, २०८२

रेडस्टार अङ्ग्रेजी माध्यमिक विद्यालयमा ‘प्रतियोगितात्मक नाटक महोत्सव–२०८२’ सम्पन्न

पथरी शनिश्चरे समाचारदाता, मङ्सिर २७ गते

मोरङको पथरी शनिश्चरे–२ मा रहेको रेडस्टार अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालयमा “रेडस्टार नाट्य महोत्सव–२०८२” सफलतापूर्वक सम्पन्न भएको छ।

हिजो शुक्रबार रेडस्टार नाट्य समूहद्वारा अतिरिक्त क्रियाकलाप अन्तर्गत आयोजना गरिएको उक्त प्रतियोगितात्मक नाट्य महोत्सवमा कक्षा ४ देखि कक्षा ८ सम्मका एक सयभन्दा बढी विद्यार्थीहरूले सहभागिता जनाएका थिए। विद्यार्थीहरूले सामाजिक, राजनीतिक तथा समसामयिक विषयवस्तुमा आधारित विविध नाटकहरूको आकर्षक प्रस्तुति दिएका थिए।

विद्यालयका निर्देशक तथा प्रिन्सिपल टी. एन. तिम्ल्सिनाका अनुसार यस वर्षको महोत्सवमा १५ वटा व्यक्तिगत विधा र २ वटा समूहगत विधा गरी कुल १७ विधामा उत्कृष्ट प्रतिभाहरूलाई पुरस्कार प्रदान गरिनेछ। उहाँले विद्यार्थीहरूको उत्साहजनक सहभागिता र सशक्त प्रस्तुतीकरणले आगामी दिनमा अझ ठूलो स्तरको नाट्य महोत्सव आयोजना गर्ने प्रेरणा मिलेको बताउनुभयो।

सम्पूर्ण प्रस्तुति सफल, प्रेरणादायी र सृजनात्मक रहेको उल्लेख गर्दै उहाँले यस महोत्सवले रेडस्टारलाई पुनः एक सिर्जनात्मक विद्यालयका रूपमा स्थापित गरेको धारणा व्यक्त गर्नुभयो।

विद्यार्थीहरूमा सिर्जनशीलता, आत्मविश्वास र अभिनय कौशल विकास गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सव अत्यन्तै रंगीन र उत्साहजनक बनेको चलचित्रकर्मी तथा विद्यालयका अभिनय प्रशिक्षक जीवन बरालले जानकारी दिनुभयो। महोत्सवले विद्यार्थीहरूलाई मञ्चीय कलासँग नजिक गराउँदै समूहगत सहकार्य र व्यक्तित्व विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको उहाँको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]