सपनाको भारी रात

Logo
महमद अफरोज हवारी / विराटनगर प्रकाशित सोमबार, पुष ०७, २०८२

सपनाको भारी रात

राती सुत्दा निन्द्रा आउँदैन,
सपना आँखामा अड्किरहन्छ,
आँखा बन्द गरेँ कि खोलेँ,
उही सपना मनले देखिरहन्छ!!

सपना मीठा थिए कहिल्यै,
आज किन यति भारी भए,
जिन्दगीको बाटो सोध्दा
सपनै उत्तर नदिई गए!!

बन्छ कि बन्दैन, थाहा छैन,
सपना आज विपनाजस्तै छन्,
हिँड्दै–हिँड्दै थाकेको मन
सपनामै थामन खोज्दैछ!!

आँखा रसाउँछ सपना सोच्दा,
हार मान्न मनले मानेन,
अँध्यारो रात जति लामो भए पनि
सपनाले बिहान बोलाउँछ!!

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]