विराट नर्सिङ होमको प्राविधिक सहयोगमा ७३ पत्रकारको स्वास्थ्य परीक्षण

Logo
भोजराज घिमिरे प्रकाशित शनिबार, पुष १२, २०८२

विराटनगर,/११ पुस — विराट नर्सिङ होमको प्राविधिक सहयोग तथा नेपाल पत्रकार महासंघ मोरङको आयोजनामा आज सम्पन्न स्वास्थ्य शिविरमा ७३ जना पत्रकारहरूको स्वास्थ्य परीक्षण गरिएको छ।
शिविरमा पत्रकारहरूको मुटु, आँखा र कानसम्बन्धी स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणका क्रममा पत्रकारहरूमा उच्च रक्तचाप र आँखासम्बन्धी समस्या बढी देखिएको चिकित्सकहरूले जानकारी दिएका छन्।
स्वास्थ्य शिविरमा ७ जना विशेषज्ञ चिकित्सकसहित १४ जनाको स्वास्थ्यकर्मी टोली खटिएको थियो। स्वास्थ्य समस्या देखिएका पत्रकारहरूलाई ओपीडी कार्ड प्रदान गर्दै ७ दिनभित्र अस्पतालमा सम्पर्क गर्न आग्रह गरिएको छ।
नेपाल पत्रकार महासंघ मोरङले पत्रकारहरूको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै शिविर आयोजना गरेको जनाएको छ। महासंघका पदाधिकारीहरूले पत्रकारहरूले नियमित स्वास्थ्य परीक्षणलाई दैनिकीको हिस्सा बनाउनुपर्नेमा जोड दिएका छन्।
विराट नर्सिङ होमले पत्रकार महासंघसँग सहकार्य गर्दै पत्रकारहरूको नियमित स्वास्थ्य परीक्षणमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]