कटहरी / सुवन्त राजवंशी नेतृत्वको राजबंसी समाज विकास समितिले यहि पुष महिनाको २६ गते भाक्का पिठ उत्सव कार्यक्रम गर्ने तयारी थालिएको छ । भने विषेश महाधिवेशनवाट अभय राजवंंशी नेतृत्वको राजबंसी समाज विकास समितिले पनि विगतका केहि वर्ष देखि राष्ट्रिय भाक्का दिवस पुष महिनाको २९ गते निरन्तर गर्दै आएका छन् । यहि आउँदै गरेको २६ र २९ गते पुष महिनामा एक जातिय संस्था तर दुई समितिले करिब — करिब उस्ता उस्तै किसिमको कार्यक्रम गर्ने तयारीमा दुई समिति लागीपरेका छन् ।
राजबंंसी समाज एक जातिय संस्था, दुई समिति र दुई कित्तामा उभिएकोले सुवन्त राजवंशी नेतृत्वको समितिले मोरङ्गको कटहरीमा भाक्का पिठ उत्सव कार्यक्रम गर्ने भएको छ भने अर्को विषेश महाधिवेशनवाट बनाइएको अभय राजवंशी नेतृत्वको राजबंसी समाज विकास समितिले झापाको विर्तामोडमा राष्ट्रिय भाक्का दिवस कार्यक्रम गर्ने तयारीमा लागीपरेका छन् ।
रासविस सम्पर्क कार्यालय कटहरी वडा नम्बर ३ मा भव्यताका साथ भाक्का पिठ उत्सव कार्यक्रम गर्ने तयारी थालिएको राजबंसी समाजका कटहरी गाउँपालिका इकाई समितिका अध्यक्ष उमेश राजवंशीले ग्रामीण पत्रिका डटकमसंग कुराकानी गर्दै बताए ।
अभय राजवंशी नेतृत्वको कोचिला गाभुर र्फन्ट नामक संस्था द्वरा पहिले राष्ट्रिय भाक्का दिवस कार्यक्रम गरिएका थिए भने जब राजबंसी समाज विकास समितिको विषेश महाधिवेशनवाट अभय राजवंशी अध्यक्ष भए सो समयपश्च्यात यसै भाक्का दिवस कार्यक्रम राजबंसी समाज विकास समितिवाट उक्त कार्यक्रम निरन्तर गर्दै आएका छन् ।
राजवंशी जातिको राजवंशी खानाको प्रकार भाक्का र पिठ अत्यन्तै स्वादिष्ट आहार भएको बताउँदै अध्यक्ष उमेश राजवंशीले बताए । अहिले जाडो मौसममा कोशी प्रदेशको राजधानी विराटनगर लगायत देशभर भाक्का विभिन्न चौक, हटिया बजार तथ जिल्लाको मुख्य बजार क्षेत्रमा भाक्का विक्रीवितरण गरिरहेको देख्न सकिन्छन् । यो जाडो मौसममा अत्यधिक विक्री हुने खानेकुरा मध्य एक हो ।
उक्त भाक्का पिठ उत्सव कार्यक्रममा प्रमुख अतिथिका रुपमा भौतिक तथा पुर्वाधार राज्य मन्त्री भुमी प्रसाद राजवंशीको हाथवाट उक्त कार्यक्रमको उद्वघाटन गर्ने तयारी भएको राजवंशीले बताए । झापा, मोरङ्ग र सुनसरी जिल्लाको पालिकाको प्रमुख तथा उपप्रमुखहरु र जातिय अगुवा तथा समाजसेवीको पनि अतिथिका रुपमा उपस्थिति रहने बताए ।
नोट ः यस समाचारमा व्यक्तिको नाममा राजवंशी उल्लेख गरिएको छ भने संस्थाको व्यानरको नाममा राजबंसी उल्लेख भए अनुसार समाचारमा पनि राजबंसी उल्लेख गरिएको छ ।
