विराटनगर / राष्ट्रिय उर्जाशिल पार्टि नेपाल, केन्द्रीय सदस्य मनोज राजवंशीलाई यूवा विद्मार्थी प्रमुखको जिमेवारी दिएका छन् । उनलाई पार्टिको एक औपचारिक कार्यक्रमको आयोजना गर्र्दै मोरङ्ग जिल्लाको कानेपोखरी गाउँपालिका वडा नम्बर ४ बेरबन वस्ने एक समाजसेवी तथा बुद्विजीवी यूवा नेता हुन् । राजबंसी समाज विकास समिति मोरङ्ग जील्लाको पूर्व अध्यक्ष समेत भएका उनि अहिले पछिल्लो समय राजनितिमा खरो भई राष्ट्रिय उर्जाशिल पार्टिमा सक्रिय भई राजनितिक यात्रा शुभआरम्भ गरेका हुन् ।
उनि मोरङ्गको कानेपोखरी गाउँपालिका वडा नम्बर ४ का एक कृषक पनि हुन भने राजनितिक क्षेत्रमा पनि उतिकै चासो राख्ने व्यत्तिकारुपमा चिनिने एक यूवा नेता हुन् । मोरङ्गको कटहरी गाउँपालिका वडा नम्बर २ मा रहेको जीवन विकास समाजको कार्यलयमा उक्त पार्टिको यूवा प्रमुखको जीमेवारी दिइएको हो ।
माओवादी द्वन्दकालदेखि राजनिति गर्दै अहिले नयाँ राजनितिक पार्टिकारुपमा स्थापना भएको पुर्व माननीय सांसद योगेन्द्र भण्डलको नेतृत्वमा राष्ट्रिय उर्जाशिल पार्टि नेपालमा आबद्व भई पुन नयाँ राजनितिमा सक्रिय हुने यूवा नेता मनोज राजवंशीले बताएका छन् ।
