नेपाल पशुपंक्षी औषधि बजार प्रतिनिधि संघ विराटनगर शाखाको प्रथम अधिवेशन सम्पन्न
दोस्रो साधारण सभाबाट नयाँ कार्यसमिति चयन
विराटनगर । नेपाल पशुपंक्षी औषधि बजार प्रतिनिधि संघ, विराटनगर शाखाको प्रथम अधिवेशन तथा दोस्रो साधारण सभा इटहरीमा भव्य रूपमा सम्पन्न भएको छ।
इटहरीस्थित होटल दरबार (भाटभटेनी नजिक) मा आयोजित अधिवेशन संघका अध्यक्ष मदन लामिछानेको अध्यक्षता तथा प्रमुख अतिथि तुलसी भण्डारीको विशेष उपस्थितिमा सम्पन्न भएको हो। २०८२ साल पौष १९ गते आयोजित कार्यक्रममा संघको संगठनात्मक अवस्था, पेशागत चुनौती, अवसर तथा आगामी कार्ययोजनाका विषयमा विस्तृत छलफल गरिएको थियो।
अधिवेशनले संघको दोस्रो कार्यसमिति चयन समेत गरेको छ। चयन भएको नयाँ कार्यसमिति यस प्रकार रहेको छः
अध्यक्ष: सन्दीप तिम्सिना
निवर्तमान अध्यक्ष: मदन लामिछाने
उपाध्यक्ष: सन्तोष यादव
सचिव: सुमन राउत
कोषाध्यक्ष: अर्जुन चौधरी
सह–सचिव: ललित कुमण्डल
सदस्यहरू:
सुमन कुमार कट्टेल
सुनिल यादव
प्रदीप घिमिरे
ॐप्रकाश कार्की
अजित कुमार झा
शशि शेखर श्रेष्ठ
कार्यक्रममा सहभागी अतिथिहरू तथा प्रतिनिधिहरूलाई आयोजक समितिले हार्दिक स्वागत गरेको थियो। साथै, नवनिर्वाचित कार्यसमितिले पशुपंक्षी औषधि व्यवसायलाई व्यवस्थित, मर्यादित र सशक्त बनाउँदै सदस्यहरूको पेशागत हक–हितका लागि सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
