३५ औँ प्याब्सन दिवसको अवसरमा सेवा आश्रमलाई सामग्री हस्तान्तरण तथा दिपप्रज्वलन

Logo
चन्दन कुमार राैनियार / सुनसरी प्रकाशित शुक्रबार, पुष २५, २०८२

सुनसरी / ३५ औँ प्याब्सन दिवसको अवसरमा प्याप्सन सुनसरीको आयोजनामा तथा इटहरी नगर प्याब्सनको संयोजनमा सामग्री वितरण प्याब्सन कार्यालयमा झण्डा तोलन र दिपप्रज्वलन कार्यक्रम सम्पन्न भएको छ।

इटहरी उपमहानगरपालिका–४ स्थित निःसहाय बालबालिका सेवा आश्रममा आयोजित कार्यक्रममा आश्रमको आवश्यकतालाई मध्यनजर गर्दै एक थान कलर प्रिन्टर हस्तान्तरण गरिएको हो।

कार्यक्रम सुनसरी जिल्ला प्याप्सनका वरिष्ठ उपाध्यक्ष रमेश कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्याप्सन कोशी प्रदेश पूर्व उपाध्यक्ष ज्ञानेन्द्र दाहाल प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा प्याप्सनका उपाध्यक्ष गणेश भण्डारी, कोषाध्यक्ष गोपाल निरौला ,प्याब्सन सूर्यमणि निरौला, निस्साहाय बालबालिका आश्रम अध्यक्ष  राजेन्द्र श्रेष्ठ, प्याप्सनका विभिन्न तहका पदाधिकारी तथा सदस्यहरू लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन प्याप्सन सुनसरीका सचिव दिपक कार्कीले गरेका थिए ।

सहभागी वक्ताहरूले सामाजिक उत्तरदायित्व अन्तर्गत निस्साहाय बालबालिकाको हितका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सह सम्पादक : भोजराज घिमिरे

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]