माटोको माया सबैलाई लागेपनि आफनो देशको माटोलाई माया गर्ने समाजका रुपमा चिरपरिचित भुमीपुत्र भनेको राजवंशी समुदाय एक हो । जहाँ र जहिल्यै भएपनि आफना कला संस्कृति र रितिरिवाजहरु जगेर्ना गर्ने एक मात्र जाति राजवंशी हो । जस्ले पुर्वी नेपालको झापा, मोरङ्ग र सुनसरी जील्ला लगायत देशभर राजवंशी जातिको खाना परिकार भाक्का दिवसको अवसरमा संयूक्त अरब इमिरेटस यूएई मा भएका नेपाली राजवंशी जातिले राष्ट्रिय भाक्का दिवस भव्यताका साथ मनाएका छनु । सबै नेपाली राजवंशी जाती आफनो देशको माया र प्रेमको भावनाले गरेको यस भाक्का दिवस कार्यक्रम भव्यताका साथ मनाएका छन् । परदेशमा रहे पनि मातृभूमि नेपालको संस्कृति, भाषा र पहिचान जोगाइराख्ने दृढ संकल्पसहित (यूएई) मा बसोबास गर्ने राजवंशी समुदायले नवौँ राष्ट्रिय भाक्का दिवस २०२६ भव्य र सभ्य रूपमा मनाएका छन् ।
दुबईको अल शिफमा आयोजित क्रुज शिपमा कार्यक्रम मार्फत कोच समुदायले आफ्नो मौलिक खाना, भेषभूषा, संगीत र भाषालाई जीवित राख्ने प्रयास गरेका हुन् । कार्यक्रम ११ जेनेवरि, आइतबार आयोजना गरिएको थियो, जुन यूएईमा कार्यरत कामदार तथा आप्रवासी कोच राजवंशी समुदायलाई सहज हुने साप्ताहिक बिदाको दिन पारेर तय गरिएको थियो ।
त्यसैगरी नेपालमा हरेक वर्ष पुष २९ गते राष्ट्रिय भक्का दिवस मनाइने गरे पनि, यूएईमा रहेका कोच राजवंशी र ताजपुरिया समुदायका मानिसहरू अजमान, अबुधाबी, शारजाह र दुबईबाट एकत्रित भई परदेशमै भक्का दिवस मनाउन जुटेका थिए ।
कार्यक्रममा महिलाहरू परम्परागत राजवंशी जातिको पेटानी पहिरन र चाँदीका गरगहनामा सजिएका थिए भने पुरुषहरू धोती र गम्छा मा देखिन्थे, जसले कोच राजवंशी जातीको कल्ला संस्कृतिको जीवन्त उधारण दिएका थिए ।
भक्का, माछाका परिकारसहितको नेपाली–कोच परिकार कार्यक्रमको मुख्य आकर्षण बनेको थियो । परम्परागत भक्काको तयारी र विशेष माछा परिकारमा आकाश राजवंशी, भीम राजवंशी, उदय राजवंशी र फाल्टु राजवंशी स्वयंसेवकका रूपमा जुटेका थिए ।
सांस्कृतिक कार्यक्रममा गायक गौतम राजवंशी र नारायाण राजवंशीले मौलिक कोच भाषी गीत प्रस्तुत गर्दा स्वागत नृत्य सन्ध्या, पूजा, पूर्णिमा, अनु, संगिता, सन्तोषी, मेनुका, अस्मिता र सुस्मिता राजवंशीले प्रस्तुत गरेका थिए ।
कार्यक्रमको उद्घाटन मन्तव्य समिर राजवंशीले राखेका थिए भने समापन तथा धन्यवाद मन्तव्य कोच राजवंशी समाज यूएईका अध्यक्ष भारत राजवंशीले व्यक्त गरे । र कार्यक्रम सञ्चालन दिपेश ताजपुरिया ले गरेका थिए ।
कार्यक्रम आयोजक कोच राजवंशी समाज यूएई रहेको थियो भने सहयोगी तथा सामाजिक सञ्जाल साझेदारको रूपमा ताजपुरिया संसार रहेको अध्यक्ष भारत राजवंशीले जानकारी दिए ।
समाजका ज्येष्ठ व्यक्तित्व, सामाजिक अभियन्ता तथा विभिन्न कोच, राजवंशी र ताजपुरिया समुदायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा एउटै भावना स्पष्ट देखिन्थ्यो—परदेशमा रहे पनि कोच भाषा, संस्कृति र पहिचान मर्न नदिने एक संदेश कार्यक्रमा देखिन्थीयो ।
भक्का, माछा, लोकसंगीत, नृत्य, परम्परागत भेषभूषा र सबैभन्दा महत्वपूर्ण कोच–राजवंशी तथा ताजपुरिया भाषा—यी सबैले यूएईमा कोच समुदायको ठूलो मन र एकताको सन्देश दिएको थियो । परदेशको व्यस्त जीवनबीच पनि यस्तो कार्यक्रमले “ नेपालको घर सम्झाइदिएको” सहभागीहरूको उल्लेखनीय भनाइहरु कार्यक्रममा थियो ।