इटहरी नि:शुल्क स्वास्थ शिविर सम्पन

Logo
चन्दन कुमार राैनियार / सुनसरी प्रकाशित मंगलबार, माघ ०६, २०८२

सुनसरी /विश्वभर सामाजिक सेवामा अग्रणी स्थानमा रहेको लायन्स क्लब इन्टरनेशनलको नेपालस्थित डिस्ट्रिक्ट ३२५ आइ अन्तर्गतको ‘लायन्स क्लब अफ इटहरी सिटीले इटहरी उपमहानगरपालिका वडा नम्बर ५मा रहेको मकालु इंग्लिस बोडिङ स्कुलको प्राङ्गणमा नोबेल टिचिङ हस्पिटलको प्राविधिक सहयोग र इटहरी वडा ५ को सहकार्यमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

शिविरमा निःशुल्क जेनेरल मेडिसिन विभाग,प्रसूति तथा स्त्रीरोग विषेसज्ञ (पाठेघर काे मुख काे क्यन्सर जाँच) , हाड–जोर्नी तथा नसारोग बिशेषज्ञ ,नाक, कान, घाँटी रोग बिशेषज्ञ,बालरोग बिशेषज्ञ,दन्तरोग चेक जाँच,रेडियोलोजी (भिडियो एक्स–रे),छालारोग जाँच, मुटु परीक्षण (ECG)
, आँखाको जाँच ,जेनेरल सर्जरी र प्रयोगशाला (Lab) — १२ प्रकार का रगत र पिसाबको जाँच गरेका थिए ।

इटहरी सिटि क्लबकी अध्यक्ष रंजना शर्माले स्थानीय समुदायको स्वास्थ्य सचेतना र स्वास्थ्य सेवामा पहुँच वृद्धि गर्न शिविरले महत्त्वपूर्ण भूमिका खेलेको बताइन् । उनले यस प्रकारका कार्यक्रमहरूले समाजमा सकारात्मक प्रभाव पार्ने विश्वास पनि व्यक्त गरिन् ।

यस स्वास्थ्य शिविरमा सहभागीहरूमध्ये धेरैले स्वास्थ्यसम्बन्धी परामर्श पनि पाएका थिए, जसले उनीहरूलाई आफ्नो स्वास्थ्यको ध्यान राख्न प्रोत्साहित गरेको छ । लायन्स क्लबले आगामी दिनहरूमा पनि यस्ता सामाजिक कार्यहरूलाई निरन्तरता दिने र समुदायको सेवा गर्ने अध्यक्ष शर्मालेप्रतिबद्धता जनाइन् ।

उक्त कार्यक्रम क्लब अध्यक्ष रञ्जना शर्माको अध्यक्षतामा, इटहरी उपमहानगरपालिका वडा नं. ५ का वडा अध्यक्ष भीष्म कुमार घिमिरेको प्रमुख आतिथ्य अतिथिहरुमा IPDG विकास अधिकारी, LCIF District Coordinator थानेश्वर नेल्सन ढकाल, Nobel Teaching Hospital का बजार व्यवस्थापक नवीन दाहाल, Zone Chairperson नारायण सुवेदी लगायत क्लबका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सह सम्पादक : भोजराज घिमिरे

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]