धनकुटाको नाम्जेमा रिडी ग्रुपको इको रिसोर्ट सञ्चालन, सामूहिक लगानी मोडलको सकारात्मक सन्देश

Logo
भोजराज घिमिरे प्रकाशित शनिबार, माघ १७, २०८२

धनकुटाको नाम्जेमा रिडी ग्रुपको इको रिसोर्ट सञ्चालन, सामूहिक लगानी मोडलको सकारात्मक सन्देश
नेपालमा सामूहिक लगानी र साझा आर्थिक भागीदारीको अवधारणालाई व्यवहारमा उतार्ने उद्देश्यसहित अघि बढेको रिडी ग्रुप लिमिटेड ले पूर्वी नेपालको रमणीय पर्यटकीय क्षेत्र धनकुटाको नाम्जेमा ‘रिडी नाम्जे इको रिसोर्ट’ सञ्चालनमा आउदै । यस पहललाई नेपाली पर्यटन तथा उद्यमशीलता क्षेत्रमा सकारात्मक संकेतका रूपमा हेरिएको छ।
व्यवसाय विश्लेषकहरूका अनुसार रिडी ग्रुपको यो परियोजनाले व्यक्तिगत पुँजीभन्दा सामूहिक लगानीमार्फत दीगो आर्थिक विकास सम्भव हुन्छ भन्ने सन्देश दिएको छ। स्थानीय स्रोतसाधनको उपयोग, समुदायको सक्रिय सहभागिता र आधुनिक व्यवस्थापन प्रणालीलाई एकै ठाउँमा जोडेर अघि बढ्नु रिडी ग्रुपको मुख्य विशेषता रहेको भनाइ छ।
नाम्जे क्षेत्रमा नाम्जे रिडी इको रिसोर्टले प्राकृतिक सौन्दर्य, स्थानीय संस्कृति र वातावरणमैत्री संरचनालाई प्राथमिकतामा राखेको छ। रिसोर्ट सञ्चालन हुन आए को मा स्थानीय युवाहरूका लागि रोजगारीका अवसर सिर्जना हुनुका साथै नाम्जे क्षेत्र नयाँ पर्यटकीय गन्तव्यका रूपमा चिनिन थालेको छ।
रिडी नाम्जे इको रिसोर्ट लिमिटेडकी अध्यक्ष शारदा मगर का अनुसार यो परियोजनाले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउनुका साथै ग्रामीण पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउनेछ। “स्थानीय समुदायसँग सहकार्य गर्दै दीगो पर्यटन विकास गर्नु हाम्रो प्रमुख लक्ष्य हो,” उनले बताइन्।
रिडी ग्रुपले पर्यटन, सेवा तथा उत्पादन क्षेत्रलाई केन्द्रमा राख्दै सामूहिक लगानीको मोडल अपनाउँदै आएको छ। नाम्जे इको रिसोर्टमा गरिएको लगानीले साना व्यवसायलाई प्रोत्साहन गर्ने र समग्र ग्रामीण अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
हाल रिडी ग्रुपका विभिन्न परियोजनाहरूमा लगानीकर्ताको आकर्षण बढ्दो क्रममा रहेको छ। विश्लेषकहरूका अनुसार समूहले सञ्चालनमा ल्याएका परियोजनाहरूले भविष्यमा लगानीकर्तालाई दीगो प्रतिफल दिनुका साथै राष्ट्रिय अर्थतन्त्रलाई समेत लाभ पुर्‍याउने सम्भावना देखाएका छन्।
विश्लेषकहरूको भनाइ छ, “रिडी ग्रुपजस्ता संस्थाहरूले सामूहिक लगानी, पारदर्शिता र स्थानीय सहभागितालाई प्राथमिकता दिँदै अघि बढेमा नेपालको आर्थिक विकासले नयाँ मोड लिन सक्छ।”
नाम्जे इको रिसोर्ट सञ्चालनसँगै पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना र साझा आर्थिक समृद्धितर्फ रिडी ग्रुपको यात्रा अझ सशक्त बन्दै गएको देखिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सह सम्पादक : भोजराज घिमिरे

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]