दिव्या भारतीको अनुहारसँग मिल्दोजुल्दो नव्या श्री: ३३ वर्ष पुरानो याद फेरि ताजा

Logo
ग्रामीण सहकर्मी प्रकाशित शनिबार, फाल्गुण ०२, २०८२

बलिउडमा १९ वर्षकै उमेरमा १२ भन्दा बढी फिल्ममार्फत अपार सफलता कमाएकी सुन्दरी अभिनेत्री दिव्य भारती आज पनि दर्शकका मनमा उत्तिकै जीवित छिन्। उनको रहस्यमय निधनले भारतीय फिल्म उद्योगलाई स्तब्ध बनाएको थियो। छोटो समयमै शिखरमा पुगेकी दिव्याको असामयिक मृत्युले थुप्रै प्रश्नहरू अनुत्तरित छोडेको थियो।

यतिबेला भारतीय मिडियामा फेरि एउटा नयाँ अनुहारलाई लिएर सनसनी फैलिएको छ। भनिन्छ, उनी दिव्या भारतीकै जस्तै अनुहार लिएर जन्मिएकी छन्। को हुन् ती युवती, जसले ३३ वर्ष पुरानो सम्झना फेरि ताजा गराइरहेकी छन्?

ती हुन् नव्या श्री (मञ्जु थापा)। २५ फेब्रुअरी २००३ मा कोलकातामा जन्मिएकी नव्या सानो परिवारमा हुर्किइन्। ९ वर्षकै उमेरमा पिताको निधन भएपछि उनको जीवनमा ठूलो मोड आयो। भारतको कोलकाताका बुवा र नेपालको विराटनगरकी आमाबाट जन्मिएकी नव्यालाई आमाले नै संघर्ष गर्दै हुर्काइन्। पिताको अभावले उनलाई कमजोर बनाएन, बरु अझ बलियो बन्न प्रेरित गर्‍यो।

सानै उमेरदेखि उनले आफ्नो प्रतिभा देखाउन थालिन्। १५ वर्षको उमेरमा उनले “प्लानेट मिस इन्डिया २०१८”, “मिस टिन रिपब्लिक अफ २०१८” र “मिस नर्थइस्ट २०१८” जस्ता उपाधि जितेर आफ्नो पहिचान स्थापित गरिन्। कम उमेरमै यस्ता उपलब्धिले उनलाई भारतीय मनोरञ्जन क्षेत्रमा चिनाउन सफल बनायो।

नव्याको अनुहार मात्र होइन, जन्ममिति पनि दिव्या भारतीसँग मिल्छ—२५ फेब्रुअरी। फरक यति मात्र हो कि दिव्या भारतीको जन्म सन् १९७४ मा भएको थियो भने नव्याको सन् २००३ मा। यही समानताले दर्शकहरूलाई अझ चासो र कौतुहल बनाएको छ। धेरैले त उनलाई दिव्याको झल्को भन्दै सामाजिक सञ्जालमा चर्चा गरिरहेका छन्।

यही क्रममा एक फिल्म निर्देशकसँगको भेटले उनको जीवनमा अर्को चुनौती ल्यायो। निर्देशकको सुझावमा आँखाको सर्जरी गराउँदा उनको आँखामा समस्या आयो। त्यतिबेला उनी १९ वर्षकी थिइन्। सुधार हुन झण्डै पाँच वर्ष लाग्यो। तर कठिनाइले उनको आत्मविश्वास घटाएन। बरु संघर्षले उनलाई अझ परिपक्व बनायो।

अहिले भने नव्या श्री बलिउड, तेलुगु र नेपाली फिल्म उद्योगमा काम गर्न तयार भएकी छन्। उनको मेहनत, धैर्यता र आत्मविश्वासले धेरै निर्माता तथा निर्देशकको ध्यान खिचिरहेको छ। दर्शकहरू पनि उनलाई खुलेर समर्थन गरिरहेका छन्।
एकातिर दिव्या भारतीको यादमा अझै भावुक हुने दर्शक, अर्कोतिर त्यही झल्को दिने नयाँ अनुहार—नव्या श्री। के उनी वास्तवमै नयाँ युगकी ‘दिव्या’ बन्न सक्लिन्? समयले यसको उत्तर दिनेछ। तर यति निश्चित छ—संघर्ष र निरन्तर मेहनतले उनलाई सफलताको ढोका नजिक पुर्‍याइसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सह सम्पादक : भोजराज घिमिरे

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]