हौली परिवारको ३१ औ साधारण सभा सम्पन्न

Logo
ग्रामीण सहकर्मी प्रकाशित शनिबार, फाल्गुण ०२, २०८२

हौली परिवारको ३१ औ साधारण सभा सम्पन्न भएको छ। थारु भाषा साहित्य उत्थानको लागि २०४२ सालमा स्थापना भएको संस्थाले २०५२ सालमा विधिवत रुपमा जिल्ला प्रशासन कार्यालय मोरङमा दर्ता भएको र निरन्तर रूपमा थारु भाषा साहित्यको उत्थानको लागि काम गर्दै आएको संस्था हो।

२०८२ फागुन २ गते शनिबार थारु कल्याणकारणी भवन, पहडगछ ,विराटनगरमा आयोजित कार्यक्रममा साधारण बाट नयाँ नेतृत्वको पनि चयन गरेको छ।

चन्द्रनारायण चौधरीको अध्यक्षतामा भएको कार्यसमितिमा उपाध्यक्षहरूमा राजेशकुमार सरदार, फुदनसरी चौधरी निर्वाचित भएका छन् भने सचिवमा बनालाल चौधरी, कोषाध्यक्षमा गीता चौधरी निर्वाचित भएका छन्। त्यस्तै सहसचिवमा फूलकुमारी चौधरी चयन भएका छन्। त्यस्तै सदस्यहरुमा गीता राई चौधरी, गणेशकुमार विश्वास, सन्तोष कुमार विश्वास, श्रीराम माझी, रामनारायण चौधरी, राजनारायण चौधरी चयन भएका छन्। हौली परिवारका अध्यक्ष श्रवण कुमार सुतियार थारुको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री विजय कुमार गच्छदार रहनुभएको थियो ।

पूर्वमन्त्री गच्छदारले थारु साहित्यका लेखकहरूलाई प्रशंसापत्र एवं आजीवन सदस्यहरूलाई प्रमाणपत्र प्रदान गरेका थिए।
कोशी प्रदेश सांसद सुनिता गच्छदार, ललिता चौधरी र जयप्रकाश चौधरीले संयुक्त रूपमा कार्यक्रम उद्घाटन गरी वार्षिक पत्रिका हौलीको विमोचन गरेका थिए।

हौली पत्रिकाको वार्षिक अङ्क १८ वर्ष ४० विमोचन भएको थियो। कार्यक्रममा मन्तव्य दिनेमा थारु कल्याणकारी सभा मोरङका सभापति प्रदीप कुमार भगत, थारु कल्याणकारीका केन्द्रीय सदस्य गवन सिंह चौधरी, हौली परिवार का वरिष्ठ सल्लाहकार रामसगर चौधरी, गढी गाउँपालिका सुनसरीका आसनारायण चौधरीले मन्तव्य राखेका थिए। कार्यक्रममा हौंली परिवारका आजीवन सदस्य डा. प्रमिला गच्छदार, थारु कल्याणकारीनी सभा विराटनगरका नगर सभापति विद्यानन्द माझी, बुढीगंगा गाउँपालिकाका उपाध्यक्ष अमृता कुमारी गच्छदार पनि उपस्थिति रहेको थियो। संस्थाको सचिव चन्द्रनारायण चौधरीले उद्घोषण गरेको कार्यक्रममा संस्थाको आय व्यय विवरण गीता चौधरीले गरेका थिए स्वागत मन्तव्य राजेशकुमार सरदार थारुले गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सह सम्पादक : भोजराज घिमिरे

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]