फुलकुमार चुनावी प्रचारप्रसार अभियान

Logo
ग्रामीण सहकर्मी प्रकाशित बिहिबार, फाल्गुण १४, २०८२

विराटनगर /मोरङ निर्वाचन क्षेत्र नं. ५ बाट मारवाडी समुदायका फुलकुमार लालवानीलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार प्रचारप्रसारमा छन् । लियो, लायन्स र जेसीजको राष्ट्रिय अध्यक्ष भइसकेका कांग्रेस नेता लालवानी सामाजिक अभियानताको रूपमा चिरपरिचित नाम हो ।
४८ वर्षसम्म पार्टीमा सक्रिय राजनीतिक गरेका लालवानीलाई कांग्रेसले मोरङ ५ बाट सानदार जित निकाल्ने उद्देश्यका साथ प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं कोशी प्रदेश सांसद अमृत अर्याल लालवानीको चुनावी प्रचार–प्रसारमा सक्रिय रहेका छन् ।
त्यसपछि मोरङ ५ को “ख” प्रदेश सभाबाट निर्वाचित कांग्रेस नेता अर्याल मोरङ ५ का लोकप्रिय एवं विकास प्रेमी नेताको रूपमा चिनिन्छ । लालवानीलाई प्रतिनिधिसभा सदस्यमा निर्वाचित गराउने जिम्मेवारी अर्यालको काँधमा छ ।
लालवानीलाई जिताउन कांग्रेसका सबै नेता एक ढिक्का भएर चुनावी अभियानमा होमिएका छन् । कांग्रेसका केन्द्रदेखि प्रदेश र जिल्ला स्तरीय नेताहरूको चुनावी प्रचार–प्रसारले मोरङ ५ कांग्रेसमय बनेको छ । र लालवानी जितको नजिक पुगेको कांग्रेसले निष्कर्ष निकालेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सह सम्पादक : भोजराज घिमिरे

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]