स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने प्रतिबद्धता व्यक्त

Logo
भोजराज घिमिरे प्रकाशित शनिबार, फाल्गुण १६, २०८२

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी तीव्र भइरहेका बेला गृहमन्त्री ओमप्रकाश अर्याल ले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।
निर्वाचनको सुरक्षा अवस्था अनुगमन गर्न ओखलढुंगा पुगेका मन्त्री अर्यालले जिल्लाको शान्ति–सुरक्षा अवस्था सन्तोषजनक रहेको उल्लेख गर्दै मतदातालाई ढुक्क भएर मतदान गर्न आग्रह गरे।
उनले भने, “अन्य जिल्ला हेर्दा ओखलढुंगा शान्त छ। कानूनविपरीत गतिविधिमा उन्मुक्ति दिइनेछैन। सबैलाई सुरक्षाको पूर्ण अनुभूति दिलाउँछौँ।”
गैरकानूनी गतिविधिमा संलग्न जो–कोहीलाई कानूनको दायरामा ल्याई कडा कारबाही गरिने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री अर्यालले निष्पक्ष निर्वाचन सम्पन्न गराउन सबै राजनीतिक दल, उम्मेदवार तथा सरोकारवाला पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिए।
साथै, दैनिक घटनाको विश्लेषण गर्दै धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न र उम्मेदवारहरूको व्यक्तिगत सुरक्षामा विशेष ध्यान दिन उनले सुरक्षाकर्मीलाई निर्देशन दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]