ग्रामथान गाउँपालिका थारु एकता समाज, विराटनगरद्वारा आगलागी पीडितलाई राहत वितरण

Logo
ग्रामीण सहकर्मी प्रकाशित शनिबार, चैत्र ०७, २०८२

मोरङको बुढीगंगा गाउँपालिका–३ गोकुवास्थित मुसहर बस्तीमा भएको भीषण आगलागीबाट घरबारविहीन बनेका परिवारलाई ग्रामथान गाउँपालिका थारु एकता समाज, विराटनगरले राहत सामग्री वितरण गरेको छ।

चैत्र ४ गते बुधबार दिउँसो करिब १:२० बजेतिर भएको आगलागीमा मुसहर बस्तीका १२ वटा घर पूर्ण रूपमा नष्ट भएका थिए। बाँस र काठले बनेका कच्ची घरहरूमा अचानक सल्किएको आगो छोटो समयमै फैलिँदै ठूलो क्षति पुर्‍याएको थियो।

प्राप्त जानकारीअनुसार आगो सोनी ऋषिदेवको घरबाट सुरु भई कच्ची संरचना र टाटीबारका कारण तीव्र गतिमा अन्य घरहरूमा फैलिएको थियो। घरभित्र रहेका ग्यास सिलिण्डर पड्किँदा आगो झन् भयावह बनेको थियो।

पीडितहरूका लागि जनता आधारभूत विद्यालय, गोकुवामा अस्थायी बासको व्यवस्था गरिएको छ। सोही स्थानमा आयोजित राहत वितरण कार्यक्रममा कोशी प्रदेश सदस्य जयप्रकाश चौधरी, बुढीगंगा–४ का वडा अध्यक्ष शशिकान्त चौधरी, वडा नं. ३ का अध्यक्ष तिलक मण्डल, वडाका प्रतिनिधिहरू तथा समाजसेवी राधिका माझी, रेखा माझी र लोकनाथ चौधरीको उपस्थिति रहेको थियो।

कार्यक्रममा मुसहर समुदायका १२ परिवारका ५५ जना पीडितलाई करिब १८ हजार रुपैयाँ बराबरको चामल, चुरा, भुजा लगायतका खाद्यान्न सामग्री वितरण गरिएको संस्थाले जनाएको छ।

संस्थाका अध्यक्ष सकिलचन सरदार थारुका अनुसार २०८२ सालमा स्थापना भएको यस संस्थाले विपन्न, असहाय तथा प्राकृतिक प्रकोपबाट पीडित परिवारलाई निरन्तर सहयोग गर्ने लक्ष्य राखेको छ। संस्थाका सदस्यहरूले न्यूनतम १०० रुपैयाँदेखि आफ्नो क्षमता अनुसार योगदान संकलन गरी राहत कोषमार्फत यस्ता सहयोग गर्दै आएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सह सम्पादक : भोजराज घिमिरे

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]