युवती बलात्कारका आरोपी प्रविण अग्रवाल कसरी पुगे प्रहरी हिरासतमा

Logo
ग्रामिण पत्रिका / विराटनगर प्रकाशित शुक्रबार, आषाढ ०७, २०८१

एक २१ वर्षीय युवतीलाई होटलमा बलात्कार गरेर फरार भएका विराटनगरका प्रविण अग्रवाल कसरी प्रहरी हिरासतमा पुग्यो भन्ने घटनाले रोमाञ्चक मोड लिएको छ । विराटनगरको रोडशेष चोक र सुनसरीको इटहरीमा मोटर पार्टसको व्यवसायी गरी रहेका प्रविण अग्रवाल असार १ गते शनिबार एक २१ वर्षीय युवतीलाई धनकुटाको भेडेटार पुर्‍याएर मोजमस्ती गर्दै विराटनगर फर्किएका थिए ।

असार २ गते आइतबार अग्रवालले त्यही युवतीलाई पुनः भेडेटार पट्याएर एक होटलमा मोजमस्ती गर्दै ती युवतीलाई त्यही होटलमा अलपत्र पारेर विराटनगर तर्फ फरार भएका थिए । आफूलाई होटलमा छोडेर अलपत्र पारेको थाहा पाएपछि युवती इलाका प्रहरी कार्यालय भेडेटार समक्ष सहयोग माग्न पुगेका थिए । युवती सँग मोबाइल नम्बर लिएर भेडेटार प्रहरीले अग्रवाललाई भेडेटार बोलाएका थिए । सुरुमा प्रहरीले अग्रवाल सँग मिठो शैलीमा बोल्दै तपाईंले जुन युवतीलाई यहाँको होटलमा छोडेर जानु भयो ।

ती युवतीलाई पुनः ल्याएकै ठाउँमा पुर्‍याउन आग्रह गरेका थिए । तपाईंले ती युवतीलाई जहाँबाट ल्याउनु भयो त्यही छोड्नु भएन भने बलात्कारको आरोपमा मुद्दा खेप्नु पर्छ । त्यसरी बोलाएर इलाका प्रहरी भेडेटारले अग्रवाललाई बलात्कार तथा जबरजस्ती करणीको अभियोगमा मुद्दा दायर गरेको छ । मधेश प्रदेशको सर्लाही घर भएकी २१ वर्षीय युवती सुनसरीको इटहरीमा सानी आमाको घरमा बस्दै आएकी थिइन ।

सुरुमा प्रविण अग्रवालले जागिर लगाइ दिन्छु भन्दै ती युवतीको नम्बर लिएका थिए । र असार १ गतेदेखि जागिर पक्का भयो भन्दै लगातार २ दिनसम्म भेडेटार घुमाउन लगेर एक होटलमा जबरजस्ती बलात्कार गरेका थिए ।

यस समाचार चिरफार अनलाइन पत्रिका वाट साभार गरीएको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]