विराटनगर / कोशी प्रदेशको राजधानी विराटनगरमा वर्षौँ देखी सेवारथ पारस हस्पिटलले सामाजिक उत्तरदायित्वलाई मुख्य प्राथमीकतामा राखी कोशी प्रदेशका पत्रकारलाई निःशुल्क उपचार गराउने स्वागत कार्यक्रम मार्फत घोषणा गरेका छन् । विराटनगर महेन्द्र चोक स्थित पारस हस्पिटलका अध्यक्ष डा. सफिउर रहमानले पत्रकारहरू समाजका महत्वपूर्ण सूचना वाहक भएकाले स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर यस्तो निर्णय गरिएको बताएका छन् ।
डा.रहमानका अनुसार पारस हस्पिटलले पत्रकार मात्र होइन, आर्थिक अभावका कारण उपचार गराउन नसक्ने विपन्न तथा असहाय बिरामीहरूको समेत अवस्था मूल्याङ्कन गरी आवश्यक उपचार निःशुल्क उपलब्ध गराउँदै आएको स्वागत कार्यक्रममा बताए । आर्थिक समस्याका कारण कुनै पनि बिरामी उपचारबाट वञ्चित नहोस् भन्ने उद्देश्यका साथ अस्पतालले मानवीय सेवालाई मुख्य प्राथमिकतामा राखि यस्तो निर्णय लिएको उनले बताए ।
साथै एम्स हस्पिटल दिल्लीमा काम गर्दै आएका वरिष्ठ फिजिसियन डा. विमलेश यादवलाई स्वागत सम्मान गर्दै हस्पिटलमा भित्रियाएका छन् भने डाक्टर मुनेश्वर यादवलाई मेडिकल डाइरेक्टरमा नियुक्त भएका डाक्टर रहमानले घोषणा गरे । अनुभवी चिकित्सक, आधुनिक उपकरण र सेवा विस्तारसँगै पारस हस्पिटलले गुणस्तरीय तथा भरपर्दो स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धता समेत जनाएको छ ।