सलिको इन्स्योरेन्सको ३०औँ वार्षिकोत्सव : विराटनगरमा वृद्ध तथा अशक्तलाई भोजन

Logo
ग्रामीण सहकर्मी प्रकाशित शनिबार, साउन ०२, २०८३

विराटनगर, साउन २ — सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले आफ्नो ३०औँ वार्षिकोत्सवको अवसरमा वृद्ध तथा अशक्त व्यक्तिहरूलाई भोजन गराएर मनाएको छ।

वार्षिकोत्सवको अवसरमा बिहीबार आयोजित कार्यक्रममा विराटनगर–पोखरियास्थित मानव सेवा आश्रममा आश्रय लिइरहेका वृद्ध तथा अशक्त व्यक्तिलाई भोजन गराइएको हो।
कम्पनीको ३०औँ वार्षिकोत्सवको सन्दर्भमा आश्रममा रहेका ७१ जनालाई भोजन प्रदान गरिएको सलिकोका कोशी प्रदेश प्रमुख नारायण गौतमले जानकारी दिनुभयो।

उहाँका अनुसार सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले हरेक वर्ष वार्षिकोत्सवको अवसरमा यस्ता सामाजिक उत्तरदायित्वअन्तर्गतका मानवीय सेवामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]