रास्पाका उमेदवारकाे फार्मेसी सिलबन्दि गरियो

Logo
ग्रामीण सहकर्मी प्रकाशित बुधबार, आश्विन १४, २०८३

विराटनगर / विराटनगरमा तिनओटा औषधि पसलमा अनुगमन गर्दा रास्पाका कटहरी अध्यक्ष उमेदवार सुरेष सरदार काे औषधि पसल पनि सिलबन्दि गरिएको छ । माेरङकाे कटहरी वडा नम्बर – ६ स्थित घर भइ हाल विराटनगरकाे हस्पिटल चाेकमा सुरेष फार्मेसी सञ्चालन गर्दैआएका सुरेष सरदार पनि अनुगमनकाे सिकार भएका छन् ।

उनी रास्पाकाे कटहरी गाउँपालिकाकाे भावी उमेदवारका लागि क्यान्डिडेट कल्वमा उमेदवार दिएको रास्पाका एक सदस्यले जानकारी गराएका छन् । र उनी नवीकरण नगरेको, अनुमतिविना ठाउँसारी गरेको र अनुचित रूपमा औषधिको भण्डारण गरेकोमा सुरेष सरदारकाे फार्मेसी ” सुरेष फार्मेसी” मा सिलबन्दि गरिएको हाे ।

हिजो गरिएको संयुक्त बजार अनुगमनका क्रममा मापदण्डविपरीत सञ्चालन भएको पाइएकाे सूचनाको आधारमा औषधि व्यवस्था विभागले सुरेष फार्मेसी,इमान फार्मेसी, खुश फार्मेसीमा सिलबन्दी गरेको हो।

नवीकरण नगरेको, अनुमतिविना ठाउँसारी गरेको र अनुचित रूपमा औषधिको भण्डारण गरेको पाइएपछि ती फार्मेसीहरू सिलबन्दी गरिएको औषधि व्यवस्था विभाग विराटनगरका फार्मेसी निरीक्षक एलन खड्काले जानकारी दिए।

निरीक्षक खड्काका अनुसार खुश फार्मेसीमा अनुगमनका क्रममा व्यवसायी (फार्मासिस्ट) अनुपस्थित रहेको, औषधि विज्ञ नभएको र दर्तारहित (विना दर्ताका) औषधिहरू समेत बिक्रीका लागि राखिएको फेला परेपछि सिलबन्दी गरिएको हो।

इमान फार्मेसीको नवीकरण म्याद गुज्रिएको र विभागबाट स्वीकृति नलिई ठाउँसारी गरेर सञ्चालन गरिएको पाइएको छ।

त्यसैगरी, सुरेश फार्मेसीले विगत ६ वर्षदेखि २०७५ सालयता नवीकरण नै नगराई पसल सञ्चालन गरिरहेको फेला परेको थियो। यस्ता गम्भीर लापरबाही र कैफियत भेटिएपछि तत्काल सिलबन्दी गरिएको अनुगमन टोलीले जनाएको छ।

फार्मेसी निरीक्षक खड्काले भने, “सुरेश फार्मेसीले २०७५ सालदेखि नवीकरण नगरेको पाइयो। औषधि ऐनको संशोधित व्यवस्थाअनुसार पनि पसलको म्याद सकिएको ३० दिन भित्र नवीकरण गरिसक्नुपर्ने प्रावधान छ। सो अवधिभित्र नवीकरण नगरे पसल स्वतः विना दर्ताको ठहरिन्छ। त्यसैले हामीले कानुनबमोजिम सिलबन्दी गरेका छ।

जिल्ला प्रशासन कार्यालय मोरङको नेतृत्वमा भएको उक्त संयुक्त अनुगमनमा औषधि व्यवस्था विभाग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र राजस्व अनुसन्धान कार्यालय विराटनगरका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। अनुगमनका क्रममा बिलबिजक दुरुस्त नराख्ने औषधि पसलहरूलाई राजस्व अनुसन्धान कार्यालयले जरिवानासमेत गरेको जनाइएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]