खेलकुद महासंघ इनरूवा अध्यक्षमा बस्नेत निर्वाचित

Logo
ग्रामीण पत्रिका / विराटनगर प्रकाशित आइतबार, साउन २७, २०८१

विराटनगर / नेपाल खेलकुद महासंघ इनरूवा नगर कमिटीको अध्यक्षमा सरोज बस्नेत निर्वाचित हुनुभएको छ । शनिवार सम्पन्न महासंघको दोस्रो नगर अधिवेशनबाट बस्नेत अध्यक्षमा निर्वाचित हुनु भएको हो ।

नगर कमिटीको उपाध्यक्षमा रिवाज निरौला , इन्दु भट्टराई , सचिवमा कमल उपाध्याय , उपसचिवमा शर्मिला निरौला र नविन चौधरी र कोषाध्यक्षमा सवित्रा घिमिरे निर्वाचित हुनुभएको थियो ।

त्यस्तै , २० सदस्यीय कमिटीमा १३ जना सदस्य पदमा निर्वावित हुनुभएको खेलकुद महासंघ सुनसरीका संयोजक विकल पौडेलले जानकारी दिनु भयो ।

अधिवेशनलाई सम्बोधन गर्दै खेलकुद महासंघका केन्द्रीय अध्यक्ष तथा कोशी खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण ( पर्शुराम ) बस्नेतले नगरकमिटीलाई महासंघको ‘ एक कमिटी , एक खेल गतिविधि ‘ , ‘ एक कमिटी , एक रचनात्मक गतिविधि ‘ पालना हुने गरि काम गर्न निर्देशन दिनु भएको थियो ।

बस्नेतले प्रदेश खेलकुद बोर्डको सदस्य सचिवको रूपमा कोशी प्रदेशका १४ वटै जिल्लामा समूलरूपमा खेलकुद क्षेत्रको विकासमा प्रभाव पार्ने गरि काम गरिरहेको प्रष्ट पार्नु भएको थियो ।

महासंघको नगर कमिटी अधिवेशनमा नेकपा एमालेका केन्द्रीय सदस्य तथा सुनसरी इञ्चार्ज जगदिश प्रसाद कुसियैत , एमाले सुनसरी कार्यवाहक अध्यक्ष पर्शुराम यादव , महासंघ केन्द्रीय सचिव तथा कोशी प्रदेश इञ्चार्ज विप्लव घोष , महासंघ कोशी प्रदेश सह – इञ्चार्ज रोहित कोइरालालगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]